Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

टोकियो – नेपाल पत्रकार महासंघ जापानको आइतबार सम्पन्न दोस्रो अधिवेशनले तिलक मल्लको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

अधिवशेनबाट समितिको उपाध्यक्षमा प्रकाश पौडेल ‘माईला’, सचिवमा नारायणी आचार्य र कोषाध्यक्षमा श्रवण सत्याल छानिएका छन् । यसैगरी सदस्यहरुमा हिमाल भट्टराई, भुलबहादुर राना ‘निशान’, पूर्णवहादुर चलाउने, ऋतुकुमार दुरा, प्रेमिला गौचन, मोहन घले, प्रकाश पन्थी, नविन निउरे र खड्कसिंह गुरुङ निर्वाचित भएका छन् । आवश्यक सदस्य र सल्लाहकारहरु नयाँ कार्यसमितिले पछि थप्ने गरी हाललाई १३ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

दोस्रो अधिवेशनको नेपाल पत्रकारमहासंघका अध्यक्ष शिव गाउँलेले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष गाउँलेले काठमाडौं एक्लैले अब काठमाडौं थेग्न नसकेजस्तै नेपाल एक्लैले अब नेपाल थेग्न नसक्ने बताउँदै राष्ट्र निर्माणका लागि डायस्पोरामा रहेका नेपालीहरुको भूमिका महत्वपूर्ण हुने बताए । त्यसमाथि पत्रकारहरुको भूमिका त अझ जिम्मेवारीपूर्ण रहने र हुनुपर्ने बताए । पत्रकारहरुको जीवन हरेक सेकेण्ड जोखिमयुक्त र चुनौतीपूर्ण छ तथापि नेपाली समाजको रुपान्तरणमा उनीहरुको भूमिका महत्वपूर्ण रहँदै आएको छ – अध्यक्ष गाउँले भने- प्रेसमाथिको हस्तक्षेपकारी तत्कालिन सरकारको आदेशको अवज्ञा गर्दै पत्रकारहरुबाट सुरु भएको आन्दोलन नै २०६२, ६३ को ऐतिहासिक आन्दोलन बन्न पुगेको थियो जसले गणतन्त्रको स्थापनासम्मको परिवर्तन संभव गराएको थियो । यद्यपि पत्रकारहरुले समाजको अनुहार सफा गर्ने दिशामा दत्तचित्त भएर इमान्दारीपूर्वक लाग्नुपर्ने र आफ़्नो अनुहार सफा राख्न र समयानुसार क्षमता अभिबृद्धि गर्न सक्नुपर्ने बताए ।

अध्यक्ष गाउँलेले नवगठित कार्यसमतिलाई हार्दिक बधाई ज्ञापन गर्नुकासाथै कार्यकाल सफलताको शुभकामना ब्यक्त गरे । यसैगरी कार्यवाहक राजदूत तापस अधिकारी, एनआरएन आईसीसीका उपाध्यक्ष भवन भट्ट, नेपाली जनप्रतिशील मोर्चाका उपाध्यक्ष रामहरि पुडासैनी, नेपाली जनसम्पर्क समितिका संयोजक भूपिगोविन्द श्रेष्ठ, प्रवासी नेपाली मञ्चका अध्यक्ष कृष्ण खड्का, नेपाली जनप्रगतिशील मञ्चका दिनेश शाही, टोकियोमा भएको सांगीतिक कार्यक्रममा आमन्त्रित कलाकार कोमल वली र मनोज गजुरेलले पनि शुभकामना मन्तब्य दिएका थिए ।

तीन चरणमा बिभक्त अधिवेशनको पहिलो चरणमा बन्दसत्र दोस्रो चरणमा पत्रकारिता तथा उदघोषण सम्बन्धि प्रशिक्षण र तेस्रो चरणमा अधिवेशनको खुल्ला सत्र सम्पन्न भएको थियो ।

अध्यक्ष गाउँलेले दुई दर्जनभन्दा बढि पत्रकारहरुलाई प्रशिक्षण दिएका थिए । ***
patrakar1 patrakar2 patrakar3 patrakar4 patrakar5 patrakar6 patrakar7

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया