Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं- प्रहरीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरबाट खटिएका साझा पोसाकका प्रहरीले लामालाई शनिबार सिनामंगलबाट पक्राउ गरेको हो ।

उनलाई सार्वजनिक अपराध ऐन अन्तर्गत आइतवार जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी परिसरका प्रवक्ता अर्जुन चन्दले जानकारी दिए ।

एसएसपी रमेश खरेल काठमाडौं प्रहरी प्रमुख भएर आएपछि पक्राउ परेका लामा अर्का चर्चित गुण्डा नाइके हुन् । यसअघि गुण्डानाइके दिपक मनाङ्गे लगायतलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले उनीविरुद्ध गुण्डागिरी, जर्वजस्ती ठेक्कापट्टा लिने, हतियार देखाएर रकम असुल्ने लगायतका आरोप लगाएको छ । त्यस्तै लामाले अन्य गुण्डाहरुलाई बटुलेर मानिसहरुलाई धम्काएर रकम असुल्ने कार्य गरेको पनि पाइएको प्रवक्ता चन्दले बताए ।

लामा पूर्वगृहमन्त्री विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेसीजनाधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य समेत हुन् ।

गच्छदार गृहमन्त्री हुँदा उनी फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए । उनी माथि अवैध सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा सम्पत्ति शुद्धिकरण अनुसन्धानको मुद्धा चलिरहेको छ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया