Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

अस्ट्रेलिया- मलेसिया एयरलायन्सको हराएको विमान खोजिरहेको चिनियाँ पानीजहाजका अनुसन्धानकर्ताले हिन्द महासागरको दक्षिणी भागमा सिग्नल सुनेको जनाएका छन् ।

विमानमा जडान भएको फ्लाइट रेकर्डरले उत्पादन गर्ने संकेतसँग मेल खाने त्यसको फ्रिक्वेन्सी ३७.५ किलोहर्ज प्रतिसेकेन्ड हो । तर, त्यसको उक्त विमानसँग सम्बन्ध भए/नभएको प्रमाणित भइसकेको छैन । विमानमा रहेको डाटा रेकर्डरको ब्याट्री सकिनुअगावै भेट्ने लक्ष्यसाथ दर्जनौं पानीजहाज र विमान खोजीमा जुटेका छन् । रेकर्डरको ब्याट्री एक महिना मात्र सक्रिय रहन्छ ।

अचानक आएको आवाज पानीजहाजमा रहेका तीन खोज विशेषज्ञले सुनेको दाबी गरिएको छ । त्यससँगै विमानको महत्त्वपूर्ण जानकारी पाउने ‘ब्ल्याक बक्स’ फेला पर्ने आस जागेको अधिकारीहरूले जनाएका छन् । पुष्टि हुने भग्नावशेष फेला नपरे पनि एमएच ३७० हिन्द महासागरमा दुर्घटनाग्रस्त भएको मलेसियाले घोषणा गरिसकेको छ ।

चार साताअघि ८ मार्चमा २ सय ३९ जना लिएर

उडेको उक्त विमान क्वालालम्पुरदेखि बेइजिङको निर्धारित मार्ग परिवर्तन गर्नुको कारण अझै खुलेको छैन ।

झन्डै २ लाख १७ हजार वर्ग किलोमिटर क्षेत्रमा खोजी गरिरहेका दुई जहाजमा पानीमुनि भएका सामग्री फेला पार्ने क्षमता छ ।

 

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया