काठमाडौं– एक हात नभएका धनकुटा छिन्ताङ– ७ का हिमाल राईले शान्ति र संविधानको कामनासहित मेचीकाली जागरण अभियानको घोषणा गरेका छन् ।
राईले चैत २७ गते काठमाडौंको सहिद गेटबाट आफ्नो भएको एक मात्र हातले कार चलाउँदै मेचीकाली जागरण यात्रा प्रारम्भ गर्ने तयारी गरेको जानकारी दिए ।
नागरिक स्वयम सेवक संघको आयोजनामा हुन लागेको अभियान अन्र्तगत राई र उनको टोलीले प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत दबाबमुलक ज्ञापन पत्र बुझाउँदै अन्र्तक्रिया समेत गर्ने छ ।
संघका संयोजक केशब स्थापितले अहिलेको अभियान कुनै राजनीतिक नभई राजनीतिक पार्टीहरुलाई जनतासँग गरेको प्रतिबद्धता पुरा गराउन झक्झक्याउने उद्देश्यले गरिएको भन्दै शान्ति र संविधान निर्माणको अभियानमा सम्पूर्ण नेपाली जनताले दवाव मुलक भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए ।
संस्थाका युगप्रसाद धमला (हरि)ले अभियानले मुलुकको समस्या समाधानमा अपाङ्को सक्रियता सम्पूर्ण अपाङको लागि गौरबको विषय भएको भन्दै यसले अपाङ पनि सपाङग सरह सक्षम छन भन्ने पुष्टि गरेको दावी गरे । उनले राईको नाममा ट्रष्ट खोलेर अपाङलाई प्रोत्साहन गर्ने अभियान सुरु गर्ने घोषणा समेत गरे ।