पर्वत- दलित-दलित समुदायका बिचमा नै छुवाछुतको बिषयमा कुटाकुट हुँदा १५ जना घाइते भएका छन् ।
पर्वतको पाङ्ग गाबिसमा दलित समुदायका कामी र सार्की जातिका बिचमा छुवाछुत भएपछि शुक्रबार झडप भएको हो । झडपमा परि दुबै समुदायका गरी १५ जना भन्दा बढी घाइते भएका छन ।
पाङ्ग गाबिस –२ कुनाचौरका चन्द्रबहादुर बिकका छोराको ब्रतबन्ध भोजमा सार्की समुदायका निम्तालुलाई तल्लो जातको भन्दै छोइछिटो गरिएपछि बिबाद भएको हो । ब्रतबन्धमा निम्ता गरिएका सार्की समुदायलाई कामी जातिले तल्लो जाति भनेर छोइछिटो गर्ने र छोएको नखाने बताउँदा बिबाद बढेको हो । भोजमा बिबाद भएपछि दुबै समुदायका बिचमा समुह झडप भएको प्रहरीले जनाएको छ ।
झडपका क्रममा पाङ्ग – २ का १६ वर्षका राजेश नेपाली गम्भीर घाइते भएका छन ।
भोजमा छुवाछुतकै बिषयमा बिबाद बढेर जाँदा झडप भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।