Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

महोत्तरी- महोत्तरी जिल्लाका दलित बस्तीका महिला अहिले वनजङ्गलका पात पतिङर सोहोरेर राम्रो आम्दानी गरिरहेका छन् ।

कृषि कार्यमा धमाधमको बेला नहुादा फुर्सतको उपयोग गर्दै वनजङ्लमा पात पतिङर सोहारेर घरगुजारा टार्ने गरिएको मुसहर समुदायका महिलाको भनाइ छ ।

सोहोरेर थुप्राएका पात पतिङ्गर परबल खेती गर्ने किसानले राम्रो मूल्य दिएर लाने गरेपछि आफूहरूको घर गुजारामा निक्कै राहत भएको हात्तीलेट वनक्षेत्र पुगेकी जिल्लाकै हतिसर्वा-४ जमुनिंयाको दलित बस्तीकी शिलोवती सादाले बताइन ।

अहिले पात पतिङर सोहोरेर भएको आर्जनले घरगुजारा चलाएर दैनिकजसो दुई/चार सय जोगिने गरेको सो काममा संलग्न महिलाको भनाइ छ ।

यही चैत महिनाको बितेका तीन सातामै सोत्तर बेचेर घरगर्जो टार्दै आठ/दश हजार रुपैयाा बचत गरिएको धर्मपुर-५ की दलित महिला मनतोरिया सादाले बताउनुभयो ।

जिल्लाका भङ्गहा, हतिसर्वा, सिङग्याही, धर्मपुर, हरिहरपुरहरिनमरी र सोनामाइसहितका गाविस बस्तीका दलित महिला अहिले जिल्लाको उत्तरी क्षेत्रस्थित वनक्षेत्रमा पतिङर सोहोर्न ब्यस्त देखिएका छन् ।

परबल रोपिएको जग्गा सोत्तरले छोप्दा चिस्यान रही रहने भएकाले अहिले यसको बिक्री निक्कै बढेको छ । सोत्तर सोहोर्न अन्य घर कामले नभ्याएका बेला मुसहर महिलाले थालेका कामले आफूहरूलाई निक्कै सजिलो भएको परबल खेती गर्ने किसानको भनाइ छ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया