Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं- राज्यको कानुनी दायराभित्र नआएकाले भन्दै सबै क्यासिनोहरु आजबाट बन्द गराइएको छ। राजधानी काठमाडौं र पोखरामा सञ्चालित क्यासिनोहरु बन्द भएका छन् । एउटा मिनि क्यासिनो बाहेक हाल सञ्चालनमा रहेका आठ वटा ठूला क्यासिनोमध्ये कुनैले पनि नवीकरणका लागि निवेदन नदिएको भन्दै सरकारले बन्द गराएको हो ।

सरकारले दिएको १५ दिने म्यादको समयसीमा सकिएसँगै गएराती १२ बजेपछि क्यासिनो बन्द गरिएको छ । क्यासिनोहरुले एक अर्ब रुपैयाँभन्दा बढी रकम सरकारलाई तिर्न बाँकी छ।

सरकारले साउनमा क्यासिनो सञ्चालनसम्बन्धी नयाँ कानुन लागू गर्दै त्यसको दायराभित्र आउन आग्रह गरेको थियो।

व्यवसायीहरुले भने सरकारले थेग्न नसक्ने गरी रोयल्टी बढाएको आरोप लगाउँदै आएका छन्।वार्षिक अर्बौं रुपैयाँको कारोबार गर्ने क्यासिनो सञ्चालहरुले सरकारी लाचारीपनका कारण राजस्व तिर्न आनाकानी गर्दै आएका हुन ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया