आइसियुमा भर्ना
काठमाडौं- अन्तराष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन हुनु पर्ने माग राख्दै ५ दिनदेखि आमरण अनसन बस्दै आएका मानवअधिकारवादी नेता कृष्ण पहाडी सिकिस्त भएका छन् ।
बिहीबारदेखि सुरु भएको बान्ता नरोकिएपछि बेहोस हुने अवस्थमा उनलाई शुक्रबार वीर अस्पताल भर्ना गरिएको छ । चिकित्सकले आकस्मिक कक्षमा स्लाइन दिएर केहीबेर राखेपछि उनलाई आइसियुमा भर्ना गरेका छन् ।
पहाडीले सरकारलाई चैत १५ गतेभित्र रोम विधान अनुमोदन नगरे आफू आमरण अनसन गर्ने जनाउ पहिल्यै दिएका थिए । ‘तर सरकारले एक कानले सुनेर अर्को कानले उडायो’ वीर अस्पतालको शैयाबाटै पहाडीले अप्ठेरो गरी बोले,’यसले प्रष्ट संकेत के गर्छ भने सरकार र हाम्रा नेताहरु हत्या हिंसाको राजनीतिमै विश्वास गर्छन् ।’
आम संहार, युद्ध अपराध, मानवता विरुद्धको अपराध र आक्रमणताको अपराधमा संलग्न व्यक्तीलाई सम्बन्धित देशको अदालतमा कानून बमोजिम कारबाही हुन सकेन भने अन्तराष्ट्रिय फौजदारी अदालतमा मुद्दा चलाउन पाइने व्यवस्था नेपालमा हुनु पर्ने मान्यतामा पहाडी धेरै पहिलेदेखि लाग्दै आएका छन् । त्यसका लागि अदालतको रोम विधान सम्बन्धित देशले अनुमोदन गर्नु पर्ने अन्तराष्ट्रिय प्रावधान छ ।
सन् १९१८ मा इटालीको रोममा भएको एक अन्टराष्ट्रिय भेलाले रोम विधान पारित गर्दै अन्तराष्ट्रिय फौजदारी अदालत गठन गरेर मानवता विरुद्धका अपराधीलाई कारबाही गर्ने अन्तराष्ट्रिय स्वतनन्त्र निकायको स्थापना गर्ने संकल्प गरेको थियो ।
‘रत्नपार्कको शान्ति बाटिकाबाट म उठेपछि अनसन पनि उठ्यो’ पहाडीले भने,’तर अनसन मात्रै तोडिएको हो, मेरो यसप्रतिको आग्रह र आन्दोलन तोडिएको होइन ।’