Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौँ- प्रधानन्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइ विशेष समितिले आगामी सोमबार सुनुवाइ गर्ने भएको छ ।

संवैधानिक परिषद्को हालैको बैठकले कायम मुकायम प्रधानन्यायाधीस दामोदरप्रसाद शर्मालाई प्रधानन्यायाधीशमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।

समितिको आज बसेको बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि मात्र अन्तरिम आन्तरिक कार्यविधि, २०७० पारित गर्दै उजुरी गर्नका लागि आजका मितिले तीन दिनको म्याद राखी सार्वजनिक सूचना दिने द्रुतगतिको व्यवस्था गरेको छ ।

समितिको आन्तरिक कार्यविधि, २०७० मा उजुरी गर्नका लागि न्यूनतम पाँच दिनको समय राख्नुपर्ने प्रवधान भए पनि शर्माको हकमा द्रुतगतिमा सुनुवाइ गर्नका लागि एक पटकलाई भविष्यमा नजिर नहुने गरी तीन दिनको समय राखिएको समितिको अध्यक्षता गर्नु भएका जेष्ठ सदस्य कुलबहादुर गुरुङले बताउनुभयो ।

समितिको अन्तरिम आन्तरिक कार्यविधि, २०७० को छलफलका क्रममा सदस्यबाट फरकफरक विचार आएपछि नयाँ कार्यविधि निर्माणका लागि सदस्य डा प्रकाशशरण महत, अष्टलक्ष्मी शाक्य, अग्नि सापकोटा, प्रेमबहादुर सिंह र ब्रिजेशकुमार गुप्ता रहेको पाँच सदस्यीय उपसमिति गठन गरिएको छ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया