राप्रपाबाट अध्यक्षका छोरा सिफारिस
काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा मालेबाट दुइटैबाट मन्त्रीहरुको नाम पाएपछि प्रधानमन्त्री कोइरालाले मन्त्रिपरिषद विस्तार गर्ने उनको सचिवालयले जनाएको छ ।
नेकपा मालेले सरकारमा सहभागि हुने आफ्ना मन्त्रीको नाम बिहान प्रधानमन्त्री समक्ष बुझाएको छ । राप्रपाले नाम बुझाउन बाँकी रहेको छ । राप्रपाले पनि आज बुझाउने तयारी गरेको छ ।
बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मालेका महासचिव सिपी मैनालीले मन्त्रीको नाम बुझाएका हुन् । मालेले मन्त्रीका लागि महासचिव मैनालीकी श्रीमती निलम केसीको नाम पठाएको छ ।
राप्रपाले पनि आफ्ना तर्फबाट मन्त्री बन्नेहरुको लिष्ट तयार पारेको पारेको छ । राप्रपाले अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिल थापालाई वाणिज्य तथा आपूर्ति मन्त्रीमा पठाउने निर्णय गरेको छ।