Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

मन्त्री भन्छन् ‘बरु आत्महत्या गर्छु, छाड्दिनँ’

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं- अन्य देशको पर्मानेन्ट रेसिडेण्ट (पीआर) र ग्रीनकार्ड लिएका कर्मचारीलाई कारबाही गर्न प्रक्रिया अगाडि बढाएको सामान्य प्रशासन मन्त्रालयलाई प्रक्रिया रोक्न चर्को दबाव आएको छ ।

स्रोतका अनुसार पीआर र ग्रीनकार्ड लिएका कर्मचारीलाई कारबाहीका लागि पहल गरेका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई उनकै पार्टी एमाले भित्र र बाहिरबाट त्यस्तो दबाव आएको हो ।

तर मन्त्री पण्डितले कारबाही गरेरै छाड्ने अडान लिएका छन् । पीआर र ग्रीनकार्ड लिएका कर्मचारीको तथ्याङ्क संकलन गरिरहेको मन्त्रालयमा त्यसलाई रोक्न कर्मचारी यूनियन मार्फत पार्टीबाटै दबाव आएको मन्त्री निकट स्रोतले जनाएको छ ।

‘पीआर र ग्रीनकार्ड होल्डर कर्मचारीलाई कारबाहीका लागि अहिले भइरहेको तथ्याङ्क संकलन गर्ने काम नै रोक्न यूनियन र आफ्नै पार्टीबाट मन्त्री ज्यूलाई दबाव आएको छ’ स्रोतले भन्यो ।

तर मन्त्री लालबाबु पण्डितले कुनै हालतमा आफू पछि नहट्ने अडान लिएका छन् । उनले ‘आत्महत्या गर्न तयार तर कारबाही नरोक्ने’ बताए । ‘यस्ता कुनियत, भ्रष्ट र राष्ट्रघातीलाई बचाउन पहल गर्ने मान्छे पनि रहेछन्’ उनले भने, ‘मैले कारबाही गर्ने भनेको छु, कसैको दबावले म पछि हट्दिनँ ।’

 

 

तपाईको प्रतिक्रिया