Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं- युवती बेपत्ता प्रकरणले दिल्ली दूतावासका दुई कर्मचारी निलम्बनमा परेका छन् ।

नेपाली दुतावासमा आश्रित युवतीहरु आइतबार बिहानबाट एकाएक बेपत्ता बनेपछि सुरक्षा कमजोरीको कारण जनाउँदै राति चौकिदारीमा खटिएका दुई स्थानीय कर्मचारी निलम्बनमा परेका छन् ।

युवती बेपत्ता प्रकरण पछि बुधबार भएको प्रारम्भिक छानबिनमा राति १० देखि बिहान ६ बजेसम्म चौकिदार जिम्मेवारीमा खटिएका गणेश पौडेल र रघु ज्ञवालीलाई तत्कालका लागि निलम्बन गरिएको दुतावासका एक अधिकारीले बताए । दिल्लीको कोठीमा बेच्न ल्याइएका दुई तामाङ किशोरीलाई स्थानीय नेपाली समाजका प्रतिनिधिले उद्धार गरेर गत शुक्रबार दिउँसो दुतावासको जिम्मा लगाएका थिए ।

यी किशोरीका साथमा यी दुईलाई ४ लाख रुपैयाँमा बिक्री गर्न दिल्ली ल्याउने सिन्धुपाल्चोककै एजेन्ट फूलमाया तामाङलाई पनि दुतावासको जिम्मा लगाइएको थियो । दुतावासको आश्रयस्थलमा रहेका तीनैजना युवती आइतबार बिहानबाट बेपत्ता बनेपछि मात्रै दुतावासका जिम्मेवार अधिकारीले पत्तो पाएका थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया