Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

धादिङ– सबै राजनीतिक दल इमान्दारिपूर्वक संविधान निर्माणको काममा लागेमा संविधान बनाउन एक वर्ष पनि नलाग्ने नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बताउनुभएको छ ।

वरिष्ठ नेता नेपालले बुधबार बिहान प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार सम्मेलनमा पहिलो संविधानसभाले सम्पन्न गरेको ९० प्रतिशत कामको स्वामित्व वर्तमान संविधानसभाले लिएकाले समयभित्रै संविधान निर्माण हुने कुरा दोहो¥याउनु भयो ।

उहाँले सबै जातजाति एउटै परिवारको रुपमा बसोबास गर्दै आएको हाम्रो देशमा एकल जातीय राज्यको माग र एक मधेस एक प्रदेशको मागलाई समेत दोस्रो संविधानसभाको निर्वाचनमार्फत जनताले अस्विकार गरिसकेकोले अब सङ्घीय प्रदेश र शासकीय स्वरुप निर्धारणमा दलहरूबीच सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय तहमा भएका विकास निर्माणको कामलाई पारदर्शी बनाउन र संविधान जारी पश्चात बन्ने स्थानीय निकायको संरचनालाई बलियो बनाउन पनि स्थानीय निकायको निर्वाचनको मिति तोक्नु आवश्यक रहेको बताउँदै वरिष्ठ नेता नेपालले यसका लागि प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वको वर्तमान सरकारले खुटटा नकमाई निर्णय गर्न सक्नुपर्छ भन्नुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया