Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – ‘मातृभूमिकालागि युवा अभियान नेपाल’ले नेपाली चलचित्र राहदानीलाई नेपालका २५ स्थान र विभिन्न १५ वटा बाह्य मुलुकमा ‘मातृभूमिकालागि युवा अभियान नेपाल’ले बिशेष प्रदर्शन (च्यारिटी शो) गर्ने भएको छ ।

राहदानीको निर्माण संस्था सिनेमनवल इन्टरप्राईजेज प्रा. लि. का अध्यक्ष लक्ष्मीप्रसाद ढकाल र मातृभूमिकालागि युवा अभियान नेपालका अध्यक्ष सुनिल खडका बीच राहदानीको प्रथम चरणको च्यारिटी शोको लागि मंगलबार राजधानीमा एक समारोह बीच सम्झौता भयो ।सो सम्झौताअनुसार बैशाखबाट असार मसान्तसम्म विभिन्न १५ देशमा राहदानीको च्यारिटी गरिेने छ ।

सो सँस्थाले थाईल्याण्ड, मलेशिया, जापान, इजरायल, कतार, हङकङ, सिंगापुर, मकाउ, दक्षिण कोरिया, डेनमार्क, स्पेन, इटाली, अष्ट्रेलिया, बेलायत र सँयुक्त राज्य अमेरिकामा प्रतिदेश एक शोका दरले बिशेष प्रदर्शनी गर्ने भएको छ । यस्तै नेपालको काठमाडौं उपत्यकासहित २५ स्थानमा पनि सोही समयमा प्रति स्थान एक शोका दरले सो सँस्थाले च्यारिटी गर्ने सम्झौता भएको छ ।

३६ भन्दा बढी मुलुकमा शाखा भएको मातृभूमिका लागि युवा अभियान नेपालले पहिलो चरणको १५ मुलुकमा राहदानीको सफल प्रदर्शन गरेपछि बाँकी मुलुकमा पनि यसलाई प्रदर्शन गर्ने सो सँस्थाका अध्यक्ष सुनिल खडकाले जानकारी गराए । आफ्नो सँस्थाले गर्दै आएको काम र उठाएको बिषय बस्तु चलचित्र राहदानीमा समेटिएकाले आफुहरुले च्यारिटी शोका लागि यो सिनेमा चयन गरेको पनि खडकाले प्रकाश पारे । खड्का राहदानीको बिशेष प्रदर्शनी सम्झौता पश्चात मँगलरबार बिहान बैंकक फर्किएका छन् ।

नेपाली चलचित्र निजी क्षेत्रबाट आफ्नो प्रयासमा विभिन्न देशमा च्यारिटी शो गरिएको बेला आफुहरुले चलचित्रको विकाशका लागि सँस्थागत रुपमा यो चलचित्रको च्यारिटी गर्न लागेको पनि अध्यक्ष खडकाले प्रकाश पारे । राहदानीको प्रस्तुतकर्ता लक्ष्मीप्रसाद ढकालले यो प्रदर्शनले नेपाली चलचित्रको बिदेशमा व्यबस्थित बजार बन्ने छ भने ।

सञ्चारकर्मी डब्बु क्षत्रीको लेखन निर्देशन रहेको यो चलचित्रमा बैदेशिक रोजगारीका क्रममा नेपालीले भोग्नुपरेको विभिन्न समस्या समेटिएको छ । जसमा दयाहाङ राई, अशोक रिजाल, रुपा खनाल, सृजना सुब्बा, बिनिता घिमिरे, नविन लम्साल, दिनेश दुलाल, मोनिका दाहाल, फुपु तेन्जिङ शेर्पा, बिकाश जोसी, विधा कार्की, आस्मिता बस्नेत, लक्ष्मण बिक्रम बस्नेत लगायतको अभिनय छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया