Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

ल्होसारमा झूमे नेपालीहरु
टोकियो – तमु धीं जापानको आयोजनामा बिहीबार टोकियोमा १९ औं ल्होसार कार्यक्रम सम्पन्न भएको छ । अधिवेशनसहितको ल्होसारमा जापानमा रहेका चर्चित कलाकारहरुले गीत, संगीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
अधिवेशनले तमु धींको आगामी कार्यकालका लागि भीम तमूको नेतृत्वमा नयाँ कार्यसमिति पनि गठन गरेको छ ।
सो सँस्थाका अध्यक्ष हर्क गुरुङको सभापतित्वमा भएको अधिवेशन समारोहको प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई र बिशेष अतिथि एनआरएन आईसीसी उपाध्यक्ष भवन भट्टले तमुहरुको मौलिक बाजा ढोलक बजाई उदघाटन गर्नुभएको थियो । यसैगरी आगन्तुक पाहुनाहरुलाई कार्यक्रम संयोजक अनिता गुरुङले स्वागत गर्नुभएको थियो ।

समारोहमा प्रमुख अतिथिको आसनबाट राजदूत डा. भट्टराई, बिशेष अतिथि भवन भट्ट, अतिथिहरु एनआरएन आइसीसीका सदस्य ओम गुरुङ, जनजाति महासंघका सहअध्यक्ष पासाङ शेर्पालगायतले नयाँ बर्ष तथा अधिवेशन सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अधिवेशनले भीम गुरुङको अध्यक्षतामा गठन गरेको नयाँ कार्यसमितिको उपाध्यक्षत्रयमा श्री गुरुङ, अनिता गुरुङ र पदम गुरुङ रहनुभएको छ भने कोषाध्यक्षमा प्रकाश गुरुङ र सह-कोषाध्यक्षमा सुरज गुरुङ चुनिनुभएको छ । यसैगरी महासचिवमा अमर गुरुङ, सचिवमा सौगात गुरुङ र प्रवक्तामा युक्तमान गुरुङ रहनुभएको छ भने युवा संयोजकमा लिल गुरुङ, महिला संयोजकमा अनिला गुरुङ, साँस्कृतिक संयोजकमा याम गुरुङ र प्राविधिक संयोजकमा युक्तमान गुरुङ चुनिनुभएको छ ।
यसैगरी सदस्यहरुमा सारा (शर्मिला) गुरुङ, माया गुरुङ, प्रिया गुरुङ, मनोज घले, सुदिन गुरुङ, सुमन गुरुङ, चित्र गुरुङ, अभिनाश घले, जगत गुरुङ र युवराज गुरुङ चयन हुनुभएको छ ।

यसैगरी अधिवेशनले ईश्वर गुरुङ, ओम गुरुङ र दिनेश गुरुङलाई संरक्षकमा चयन गरेको छ भने बरिष्ठ सल्लाकारमा ओम प्रकाश गुरुङ चयन हुनुभएको छ ।  अधिवेशनले यामा गुरुङ (शेरचन), हर्क गुरुङ, गणेश गुरुङ, राम गुरुङ र खड्गसिंह गुरुङलाई सल्लाहकाहरुमा चयन गरेको छ ।

ल्होसार कार्यक्रममा स्थानिय कलाकारहरुले घाटु, सोरठी, कौडा, झोरा, लोकनृत्य प्रस्तुत गरी तमुहरुको मौलिक सँस्कृतिको पहिचान गराउनुका साथै कार्यक्रम हलमा खचाखच भरिएका दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए । सो अवसरमा ईन्द्र गुरुङको बांसुरी बादन, आयुसको तबला, नमस्ते ब्याण्ड तथा युवा कलाकारहरुको जोडदार साँगीतिक प्रस्तुतीमा ल्होसार मनाउन भेला भएका दर्शकहरु झूमेका थिए ।

ल्होसार सांझ कार्यक्रमकी संयोजक अनिता गुरुङकाअनुसार कार्यक्रममा तमु धीं जापान तथा जापानमा बस्ने नेपालीहरुलाई बिभिन्न ढंगले सहयोग गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै जापानी नागारिकद्वय हिरोआकी कोवायासी र युकिओ ताकानोलाई प्रशंसापत्रसहित भाङ्ग्रा र टोपी लगाईदिएर सम्मान गरिएको थियो ।

यसैगरी ल्होसार कार्यक्रमका कलाकारहरु एवं तमु धींका भलिबल खेलाडिहरुलाई पनि सधन्यबादसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।
अधिवेशन सहितको ल्होसार कार्यक्रममा सचिब अमर गुरुङ र माया गुरुङको सञ्चालन रहेको थियो । कार्यक्रम सिन्जुकुस्थित युनिभर्सल सिटीमा भएको थियो । ***

photo 1 photo 2 photo 3

tamu dhi

photo 3photo 2

photo 4

 

तपाईको प्रतिक्रिया