Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

बर्दिवास-संविधानसभा सदस्य निर्वाचनमा महोत्तरी जिल्लाको क्षेत्र नं १ का नेपाली काँग्रेसका उम्मेदवार चिरञ्जीवी हमालले आफ्नो स्वामित्वका दुइ थान इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउनुभएको छ ।
हमालले आफ्नो स्वामित्वका २२ बोरको राइफल र एकनाले बन्दुक एक एक थान हतियार बुझाउनु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको आग्रहअनुसार निर्वाचन शान्त वातावरणमा सम्पन्न गर्न सहयोग पुग्ने अपेक्षासाथ आफूले हतियार प्रहरीलाई बुझाएको हमालको भनाइ छ । इप्रका बर्दिवासका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक तुल्सीप्रसाद अधिकारीले निर्वाचन सम्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय एवम् जिल्ला प्रहरी कार्यालयको समन्वयमा आफूलाई बुझाइएको हतियार इजाजतप्राप्त व्यक्तिलाई फिर्ता गरिने जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले चुनावको शान्तिसुरक्षालाई ध्यानमा राखी इजाजतप्राप्त हतियार राखेकाहरुलाई चुनाव अवधिभरि बुझाउन गत भदौ महिनामै सार्वजनिक आग्रह गरेको थियो ।

तपाईको प्रतिक्रिया