शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

Parbatiकाठमाडौं– पार्वती थापा नेपाल प्रहरीमा पहिलोपटक महानिरीक्षक बन्ने भाग्यमानी महिलाको सूचीमा परेकी छन् ।

नेपाल प्रहरीमा तीस वर्षे सेवा अवधि लागू भएपछि महानिरीक्षक कुबेरसिंह रानासँगै सबै एआईजीहरू पनि आगामी असोज २६ गतेदेखि अनिवार्य अवकाश हुने भएका छन् । आईजी र सबै एआईजीहरू अनिवार्य अवकाशमा परेपछि डिआईजीमध्ये वरियताक्रममा रहेकी पार्वती थापा आईजीमा स्वतः पदोन्नति हुने निश्चित भएको छ ।

राजनीतिक दलका नेताहरूको कोपभाजनमा यदि पार्वती थापा परिनन् भने उनलाई आईजी बन्नबाट रोक्न सकिँदैन । महिला प्रहरीलाई आईजी पद सम्हाल्ने अवसर आएसँगै संविधानसभाको चुनाव गराउने अवसर पनि यिनै महिलालाई प्राप्त हुने छ ।

तपाईको प्रतिक्रिया