Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
Gopal Raj Pahadiकाठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालराज पहाडीको आज विहान निधन भएको छ । लामो समयदेखि मृगौला, मुटु, मधुमेह, उच्च रक्तचापबाट पीडित पहाडीको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।
गत साउन ५ गतेदेखि काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको थियो ।
हिजो ६८ वर्षीय पहाडीको स्वास्थ्य बिग्रिएपछि कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाका साथै नेता तथा कार्यकर्ता अस्पताल पुगेका थिए।
उच्च रक्तचाप र मधुमेहबाट लामो समय देखि पीडित पहाडीको दुबै मृगौलाले काम नगरेपछि असारको अन्तिम साता थप उपचारका लागि नयाँ दिल्लीको एपोलो अस्पताल पुगेका थिए। अस्पतालले पहाडीको मृगौला प्रत्यारोपण गर्न नसक्ने जनाएको थियो। तीन दिन अस्पताल बसेपछि उनलाई स्वदेश ल्याइएको थियो। त्यसपछि चार दिन वीर अस्पतालमा उपचार गराएका पहाडीको साउन ५ गते देखि काठमाडौं मेडिकल कलेजमा उपचार गरेको हो ।
वि.स.२००२ सालमा संखुवासभाको मादीराम्बेनी– १ सिरिसेमा टीकादत्त दाहाल र माता कमलादेवीको जेठा छोराका रुपमा जन्मेका उनी अविवाहित छन्। नेता पहाडीले मुलुकको प्रजातान्त्रिक आन्दोलनका क्रममा पटकपटक जेलजीवन बिताएका छन्। विगत १७ वर्षदेखि निरन्तर पार्टी केन्द्रीय सदस्य रहेका पहाडी २०३६ देखि २०५२ सम्म सङ्खुवासभाको पार्टी सभापति थिए।
तपाईको प्रतिक्रिया