Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024
Anuj thapaस्वर्ग जस्तो सानो देश छ, किन लड्छौ खाली हो,
छैन कुनै जात-जाति, हामी सबै नेपाली हो ।
तराईलाई दुख्दा हिमालले छेकौ, हिमाललाई दुख्दा पहाड जागौं,
किन पर्यो काटमार गर्न, आफ्नै घर हो मनले मागौं ।
अधिकारको नाममा कहिल्यै हाम्रो मन फाट्नु हुन्न,
कसैको स्वार्थ पुरा गर्न, देशको अस्मिता साट्नु हुन्न ।
देश काटिन खोजिंदैछ, जन्मदिनको केक जस्तो,
आमा जस्तो देश काटिंदा, रमिते बन्ने हामी कस्तो ?
उठ, जाग हिमाल, पहाड, मधेस अनि तराईहरु,
हामी मिल्दा पुच्छर लुकाई,  भाग्छन् सब पराइहरु ।
खै कहाँ गयो आज ति, देश बिझाउने छातीहरु?
बलभद्र अनि अमरसिंहका, छोरा अनि नातीहरु ।
एकतामा शक्ति हुन्छ, जुटौ अब बनाउँ देश,
नेपाल घर नेपाली हामी, एउटै जाति एऊटै भेष ।
तपाईको प्रतिक्रिया