Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

टोकियो – बिदेशमा आफ़्नो संस्कृति तथा चाडपर्व मनाउंदै आएका नेपालीहरुले जापानमा पनि होली धुमधामका साथ मनाएका छन । टोकियोको केन्द्रमा रहेको हाराज्युकुको योयोगी पार्कमा भेला भएका नेपाली महिलाहरुले बिभिन्न रंगले एक आपसमा रंगिदै होली पर्व मनाएका हुन । होलीको दिन दिउंसो २ बजेदेखि बेलुकी ७ बजेसम्म चलेको होली रमझममा पार्कमा घुम्न आएका जापानी तथा अन्य बिदेशी नागारिकहरुले पनि भाग लिई रमाएको कुरा म्याग्देली सन्जाल जापानकि सक्रिय सदस्य बिष्णु बानियांले समुद्रपारीलाई जानकारी गराउनु भयो ।

दशैं तिहार जस्ता चाडपर्वहरुमा भेला भई रमाईलो गर्ने गरेका नेपालीहरुले बिदेशमै भएपनि अब अन्य चाडपर्व पनि सामुहिक रुपमा मनाउन थालेको यसबाट स्पष्ट हुन्छ । जापानमा खुल्ला पार्कमा गएर होली मनाएको सम्भबत यो पहिलो पटक हो ।

IMG_2531 IMG_2543 IMG_2551 IMG_2557 IMG_2560 IMG_2562 IMG_2563IMG_2555 IMG_6973

तपाईको प्रतिक्रिया