Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

majdur2काठमाण्डौ-अखिल नेपाल यातायात मजदुर संघको चौंथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । यस अघि सम्मेलनको उद्घाटन एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गंगवु नयाँ बसपार्कमा आयोजित यातायात मजदुरहरुको विशाल सभामा गर्नुभएको थियो । चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक जगत सिंखडाको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहका प्रमुख अतिथि प्रचण्डले देशको राजनैतिक निकाशको प्रमुख साधन निर्वाचन भएको र निर्वाचनको लागि तयारी रहन मजदुर कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको थियो । सभामा एकीकृत नेपाल कम्युनिष्ट  पार्टी (माओवादी)का केन्द्रीय सदस्य लेखराज भट्ट, अखिल नेपाल टे्रड यूनियन महासंघका अध्यक्ष शालिकराम जम्मकट्टेल, ट्राफिक प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य, नेपाल ट्रक तथा ट्याङ्कर परिवहन व्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाट, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पूर्व अध्यक्ष दिनेश भण्डारी, नेपाल यातायात मजदुर संघका अध्यक्ष अजय राई, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिव रुद्र खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

majdur1सभामा उपस्थित प्रमुख अतिथि लगायत सम्पुर्ण अतिथि, प्रतिनिधि, पर्यवेक्षक, जनसमुदायहरुलाई राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य सोम तामाङ्गले स्वागत मन्तव्य मार्फ स्वागत गर्नुभएको थियो । मजदुर शहीद स्मृति साँस्कृतिक परिवारले आफ्ना साँस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेको उक्त कार्यक्रममा हास्य व्यङ्गय कलाकार श्रीकृष्ण सिंखडाले आफ्ना प्रस्तुतीहरु प्रस्तुत गर्नुभएको थियो । आयोजक समितिका सदस्य झंकनाथ पौडेलले उद्घाटन कार्यक्रमको संचालन गर्नुभएको थियो ।

दुइ दिनसम्म चलेको राष्ट्रिय सम्मेलनको दोस्रो दिन बन्द शत्र चलेको थियो । देशभरका ४ सय प्रतिनिहरुको बन्द शत्रमा उपस्थिति रहेको थियो । बन्द शत्रमा आयोजक समितिका संयोजक जगत सिंखडाले पस्तुत गर्नुभएको विधान, प्रतिवेदन र पुर्व कोषाध्यक्षले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन माथि सामान्य हेरफेर गरी पास गरिएको थियो । बन्द शत्रले जगत सिंखडाको अध्यक्षतामा ८० सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षहरुमा झंकनाथ पौडेल, नरहरीनाथ योगी, सोम बहादुर तामाङ्ग, रुद्र गौतम, पित्त बहादुर डल्लाकोटी, रामचन्द्र कार्की रहनुभएको छ । त्यसैगरी महासचिवमा राजेन्द्र शर्मा, कोषाध्यक्षमा शरद सुवेदी, उप महासचिवमा दीपक केसी, राजन रेग्मी, खेम बस्नेत र लक्ष्मण बस्नेत रहनुभएको छ ।

majdur3त्यसैगरी रामकाँजी कुँवर, गंगा भट्टर्राई, प्रेम घिसिङ्ग र राम भ्लोन रहनुभएको छ । सिता थापा, रमेश देउजा, सूर्यमणि लामिछाने, विनोद मानन्धर, देव नारायण महतो केन्द्रीय समितिका सह सचिव निर्वाचित हुनुभएको छ ।***

 

 

 

 

 

majdur6

 

 

 

 

 

 

 

Majdur4

तपाईको प्रतिक्रिया