Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

laligurash 1

टोकियो-लालिगुराँस एसोसियशनद्वारा आयोजना गरिएको लाईभ कन्सर्ट “लालीगुराँस नाईट” टोकियोको ईकेगामीस्थित ईकेगामी हलमा आइतवार सम्पन्न भएको छ ।

कार्यक्रममा नेपालको चर्चित साँगीतिक ब्याण्ड 1974 AD का ४ जना कलाकारहरु एड्रियन प्रधान, निराकर याकतुम्बा, मनोज के.सी. र सञ्जय श्रेष्ठका साथै मेरीवास्सै टेलिशृंखलाका हाँस्य कलाकारद्वय माग्ने बुढा (केदार घिमिरे) र तक्मे बुढा (विल्सनविक्रम राई) को वेजोडको प्रस्तुती रहेको थियो ।

कार्यक्रममा जापानका चर्चित B Boying Dancer  Spin Crew Twins को पनि धमाकेदार प्रस्तुती रहेको थियो ।

साँगीतिक व्यान्ड 1974 AD का कलाकारहरूले दर्शकहरूलाई भरपुर मनोरन्जन दिएका थिए । व्यान्डका चर्चित गीतहरू परेलीमा, गुराँसै फुल्यो, हिड्दाहिड्दै, यो मन त मेरो नेपाली हो, पिंजडाको सुघा जस्ता गीतहरू गाउँदा दर्शकहरू गायकहरूको स्वरमा स्वर मिलाई धित मरून्जेल गाए, नाचे अनि रमाए । 1974 AD  को चर्चित गीत यो मन त मेरो नेपाली हो वोलको गीत गाउँदा दर्शकहरू उत्साहित भइ नेपाली झन्डा फहराउँदै सँगै गाएर नाचेका थिए भने पूर्वराजा स्व. वीरेन्द्रलाइ समर्पित गरेर गाइएको गीत सम्वोधन वोलको गीत गाउँदा दर्शकहरू शान्त र भावविह्वल भएका थिए ।  त्यसैगरी  हाँस्य कलाकारद्वय माग्ने वुढा र तक्मे वुढाले पनि दर्शकहरूलाई निकै हँसाएका थिए । मुख्यतया नेपालकै सेरोफेरोलाई बिषयवस्तु वनाई वेजोडले व्यंग्य गर्दा दर्शकहरू पेट मिचीमिची हाँसेका थिए । त्यसो त कलाकारद्वयले जापानी परिवेशलाई पनि लिएर नहँसाएका भने होईनन् । तक्मे वुढाको मुखवाट निस्केको फाट्टफुट्ट जापानी भाषाले दर्शकहरूलाई थप उर्जा दिई हौसाएको  थियो । स्पीन क्रु टुवीन्सले पनि आकर्षक नृत्य प्रश्तुत गरेका थिए ।

lali102

laligurash3

साँझ ५ बजेदेखि शुरू हुने भनिएको कार्यक्रम प्राविधिक कारणले गर्दा केही ढिलो शुरू भएको थियो । तोकिएको समयमा कार्यक्रम शुरू हुन नसक्दा प्रवेशद्वारमा दर्शकहरूको भीडलाई  नियन्त्रण गर्न आयोजकलाई हम्मेहम्मे परेको थियो ।

यस अघि एसोसियसनले हङकङ्ग, सिङ्गापुर, अस्ट्रेलिया, नेपाल, यूके लगायतका देशहरूमा लाईभ कन्सर्ट गर्दै आएको लालिगुराँस एसोसियशनले जापानमा भने पहिलोचोटी आयोजना गरेको हो । लालिगुराँस नाइटको प्रवेश शुल्क जनही ३ हजार येन रहेको थियो । इकेगामी हलमा सिट प्याक भएर दर्शकहरू अगाडिको भूँइमा समेत वसेर कार्यक्रम हेर्न वाध्य भएका थिए । केही दर्शकहरू टिकट नपाएर फर्केका थिए भने केही वाटफोर्ड व्रिटिश पवले राखेको क्याफ्टेरियामा गएर पनि वसेका थिए ।

तमुधी जापानका वरिष्ट सल्लाहकार अोमप्रकाश गुरून्गले सञ्चालन गरेको कार्यक्रमका लागि पूर्ण कोने (सिरमोर लाइन्)  र बिशाल गुरुङ आयोजकमा रहेका थिए ।

lali500

त्यसैगरी कार्यक्रम सकिएपछी आयोजकले कलाकारहरूको विदाइ कार्यक्रम वाटफोर्ड व्रिटिश पवमा आयोजना गरेको थियो । आयोजकको तर्फवाट जापानमा भएको पहिलो कार्यक्रम भएकोले केही कमी कमजोरीहरू भएकोमा र टिकट काटेर पनि दर्शकहरूको अत्याधिक भीडले गर्दा राम्ररी हेर्न नपाउनु भएकोमा दर्शकहरूप्रति क्षमा याचना गरेको छ ।

lali1004

साथै सम्पूर्ण कार्यक्रममा सहभागी हुनुभएका साथै अन्य विविध कार्यव्यस्तताले गर्दा कार्यक्रममा उपस्थित हुन नसक्नुभएका जापानवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीवहिनीहरूलाइ आयोजकको तर्फवाट धन्यवाद भनिएको छ । कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने नेपाल जापान युथ क्लवका स्वयंमसेवकहरू, प्रायोजकहरू, जापानमा भएका विभिन्न संघसंस्थाहरूलाइ पनि धन्यवाद दिइएको थियो ।

***

तपाईको प्रतिक्रिया