Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

रुद्रावती क्याम्पसलाई ५ लाख २६ हजार आर्थिक सहयोग

टोकियो – वामी सेवा समितिले नयाँ बर्ष तथा पाँचौं वाषिर्कोत्सवको उपलक्ष्यमा रुद्रावती बहुमुखी क्याम्पस भवन निर्माण सहयोगार्थ आयोजित वामेली शुभकामना साँझ कार्यक्रमबाट भएको आम्दानी र खर्चको हिसाब सम्बन्धित सबैको जानकारीका लागि सार्बजनिक गरेको छ ।Wami 3

सो समितिले एक बिज्ञप्ती प्रकाशित गरी हालै बसेको पहिलो बैठकले गरेका बिभिन्न निर्णयहरुका साथै उक्त कार्यक्रमको हिसाबकिताब सार्बजनिक गरेको हो ।  बिज्ञप्तीमा जनाईएअनुसार वामेली शुभकामना साँझ कार्यक्रमबाट संकलित रकम ५ लाख २६ हजार येन उक्त क्याम्पस भवन निर्माणका लागि क्याम्पस प्रमुख हिरामणि अर्याललाई हस्तान्तरण पनि गरिएको छ ।wami 2

बिज्ञप्तीका अनुसार जनवरी १ तारिखका दिन सम्पन्न पाँचौ वार्षिकोत्सवले पुन: सुरेश केसीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । जसअनुसार उपाध्यक्षमा रामलाल सापकोटा, सचिव दिलिप थापा, सहसचिव गोकुल केसी र कोषाध्यक्षमा कृष्णप्रसाद सापकोटा ‘सी’ रहनुभएको छ । यसैगरी सदस्यहरुमा हेमलाल सापकोटा, अर्जुन रायमाझी, घनश्याम सापकोटा, किसान केसी, टिकाराम घिमिरे, बिष्णुप्रसाद सापकोटा, सञ्जिव श्रेष्ठ, कृष्ण घिमिरे र विक्रम केसी रहनुभएको छ । यसैगरी समितिको प्रमुख सल्लाहकारमा रोशन केसी रहनुभएको छ भने सल्लाहकारहरुमा केशव फुल्लेल, कृष्णप्रसाद सापकोटा ‘ए’, तेजिन्द्र केसी, शुक्रराज चुके, ताराचन्द घिमिरे र श्रीमती सीता केसी रहनुभएको छ ।

यसैगरी मनोनित सदस्यमा १ सदस्य पछि थप गर्ने गरी टोकियोबाट सलव केसी, तोरनबहादुर जिसी, ओसाकाबाट अर्जुन पोखरेल र नागोयाबाट दुर्गाप्रसाद खरेललाई चयन गरिएको छ भने सम्बद्ध सदस्यमा नेपालबाट जिवलाल सापकोटालाई चयन गरिएको बिज्ञप्तीमा जनाईएको छ ।

यसैगरी शनिबार भएको समितिको पहिलो बैठकद्वारा अध्यक्ष सुरेश केसीको संयोजकत्वमा ५ सदस्यीय सचिवालय समिति पनि गठन गरिएको छ । जसअनुसार समितिमा उपाध्यक्ष रामलाल सापकोटा, सचिव दिलिप थापा, कोषाध्यक्ष कृष्णप्रसाद सापकोटा ‘सी’ र सदस्य किसान केसी रहनुभएको छ ।Wami 1

यसैगरी कोषाध्यक्ष कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा आर्थिक ब्यवस्थापन समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा बिष्णुप्रसाद सापकोटा, सलव केसी रहनुभएको छ भने गोकुल केसीको संयोजकत्वमा साँस्कृतिक बिभाग पनि गठन गरिएको छ, समितिको सदस्यहरुमा कृष्ण घिमिरे र विक्रम केसी रहनुभएको छ ।

वामी सेवा समितिको आयोजनामा भएको वामेली शुभकामना साँझ कार्यक्रमबाट भजनशिwami 4रोमणि भक्तराज आचार्यको नाममा युवा गायक पुरस्कारका लागि ब्यवसायी महेशकुमार श्रेष्ठद्वारा ५ लाख रुपैंया  र वी फ़र अलको तर्फ़बाट अध्यक्ष सरोज खत्री, उपाध्यक्ष दीपकबाबु नेपाल र सल्लाहकार जोन छन्त्यालले २२,१११ जापानी येन अक्षयकोष स्थापनाको लागि सहयोग रकम प्राप्त, रुद्रावती बहुमुखी क्याम्पसको पुस्तकालयका लागि डा. राम गिरीद्वारा ५० हजार रुपैंया बराबरको थप पुस्तक तथा आवश्यक भौतिक सामाग्रीको ब्यवस्थापन सहयोग लगायतका रचनात्मक उपलब्धिहरु भएको बिज्ञप्तीमार्फत सो समितिले जनाएको छ । ***

वामेली शुभकामना साँझ कार्यक्रमको आय-ब्यय सम्बन्धि बिस्तृत विवरणका  हेर्न यहाँ क्लिक गर्नुहोला । ***

 

 

 

 

तपाईको प्रतिक्रिया