Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

asdfटोकियो  – नेपाल मगर संघ टोकियो जापानको १७ औं लाङ्घाली साँझ मंगलबार टोकियोमा सम्पन्न भएको छ । अंग्रेजी नयाँ बर्षको अवसरमा हरेक बर्ष नेपाल मगर संघले लाङ्घाली साँझ कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।

जनवरी १ तारिखका दिन भएको १७ औं लाङ्घाली साँझ कार्यक्रमको प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई र सँस्थाका वरिष्ठ सल्लाहकार ईश्वर थापा मगरले संयुक्तरुपमा रिवन काटेर उदघाटन गर्नुभयो । अर्का वरिष्ठ सल्लाहकार गमप्रसाद जुग्जाली मगरले उपस्थित महानुभावहरुलाई स्वागत गर्नुकासाथै सँस्थाको तर्फबाट नयाँ बर्षको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

अध्यक्ष शैलेन्द्रविक्रम थापा मगरको सभापतित्वमा भएको सो समारोहको उपाध्यक्ष तारा आले मगर र सचिव तोरन राना मगरको संयुक्त सञ्चालन रहेको थियो । कार्यक्रममा एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, नेपाल आदिबासी जनजाती महासंघका कार्यवाहक अध्यक्ष हवलचन्द्र लामा, नेपाल पत्रकार महासंघ जापानका सचिव अनुपराज कँडेल, थकाली सेवा समिति जापानका अध्यक्ष शरदकुमार गौचन, तमु धी जापानका उपाध्यक्ष भीम गुरुङ, म्याग्देली सञ्जाल जापानका अध्यक्ष महेन्द्र खड्का, स्याङ्जाली समाज जापानका अध्यक्ष जीवन न्यौपाने, नेपाल जापान डट कमकी पत्रकार नारायणी आचार्य, समुद्रपारि डट कमका प्रधानसम्पादक तिलक मल्ललगायत विभिन्न संघसँस्थाका प्रतिनिधि, ब्यवसायी, समाजसेवी र मिडियाकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै राजदूत डा. भट्टराईले नयाँ बर्ष हामी सबै नेपालीका लागि सार्थक बर्ष बनोस् भन्ने कामनासहित लाङ्घाली साँझ कार्यक्रमको पूर्ण सफलताको कामनासमेत गर्नुभयो ।

औपचारिक समारोहकाबिच नेपालबाट आमन्त्रित अतिथि कलाकारहरु रामजी खाँड ठकुरी र विल्सनविक्रम राईलाई फूलको गुच्छा र खादार्पण गरी स्वागत पनि गरिएको थियो ।

तत्पश्चात राष्ट्रियगानबाट शुरु भएको साँगीतिक कार्यक्रममा लोक तथा दोहोरीको रौनकतामा दर्शकहरु झुमेका थिए । गायक रामजी खाँड ठकुरीले आफ्ना बहुचर्चित लोक तथा दोहोरी गीतहरु गाएर जापानका नेपालीहरुको साँगीतिक तृष्णा मेटाउनुकासाथै भरपुर नचाएका थिए । कार्यक्रममा स्थानिय गायिका सरास्वती पुन र रामजी खाँडविच भएको दोहोरीको घम्साघम्सीले दर्शकहरुको मन जित्न सफल रह्यो ।

कार्यक्रमको अर्को आकर्षण पक्ष तक्मे बुढाको हास्यप्रस्तुती जापानका नेपालीहरुका लागि पहिलो र नौलो बन्यो । नेपाली समाजका अमिल्दा र विविध अर्घेला पक्षहरुलाई बिषयवस्तुकारुपमा टपक्कै टिपेर पूर्वी पहाडको लाहुरे परिवेशको झझल्को दिने लवजमा उनले हसाउनु हँसाए । सेवारो, हाउ लाखे, नाईन्टीन फाउन्टीन, झूसे…. लगायतका लोकप्रिय एवं जनजिब्रोमा झुण्डिन सफल उनका थेगोहरु टोकियोमा पनि दोहोर्‍याए । जसलाई दर्शकहरुले मन पराए ।

कार्यक्रममा कुमारी पुन मगर, सुशिला सापकोटा, राधिका सापकोटा, मीना लोहनी, शर्मिला लामा, एलिना लामा, देवी पुन मगरलगायतका स्थानिय कलाकारहरुको पनि साँगीतिक प्रस्तुती रहेको थियो । बाद्यबादनमा अमर गुरुङ, टिका थापा मगर, तोरण थापा मगरले साथ दिनुभएको थियो ।

सिन्जुकु खाबुखिचोस्थित युनिभर्सल सिटीमा भएको १७ औ लाङ्घाली साँझ कार्यक्रममा खचाखच दर्शकहरुको सहभागिता रहेको र सिटको अभावमा करिव सयभन्दा बढि दर्शकहरुलाई फ़र्कनुपरेको अध्यक्ष शैलेन्द्र थापा मगरले बताउनुभयो ।

लाङ्घाली साँझका लागि आमन्त्रित अर्की दोहोरी गायिका संगिता थापा मगर भने प्राविधिक कारणवश जापान आउन नसकेको भन्दै आयोजक सँस्था नेपाल मगर सँघ टोकियो जापानले सम्बन्धित सबैप्रति क्षमायाचना गरेको छ ।

अतिथि कलाकारहरु रामजी खाँड ठकुरी र विल्सनविक्रम राई (तक्मे) आजै स्वदेश प्रस्थान गर्नुभएको छ । उहांहरुलाई अध्यक्ष शैलेन्द्रविक्रम थापा मगर, संरक्षक नविन थापा मगरलगायतका पदाधिकारीहरुले हानेदा विमानस्थलमा बिदाई गर्नुभएको छ।

स्मरणरहोस् विल्सनविक्रम राई (तक्मे) ले दिएको जानाकारीअनुसार अर्को महिना टोकियोमा हुने एउटा कार्यक्रमका लागि तक्मे बुढा र माग्ने बुढा (केदार घिमिरे) को जोडीसहित ५ जना कलाकारको टोली फेरि जापान आउने भएको छ । उक्त कार्यक्रम इकेगामी हलमा हुने बुझिएको छ । ***

IMG_0142 IMG_0156 IMG_0202 IMG_0228 IMG_0235 IMG_0257 IMG_0298 IMG_0316 IMG_0351 IMG_0374 IMG_0381 IMG_0440

तपाईको प्रतिक्रिया