Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

Galkot massनागोया – नयाँ वर्षको अवसरमा गल्कोट समाज जापानले जापानको प्रमुख तीन सहरमा आयोजना गरेको साँगीतिक कार्यक्रमहरुमध्य ३१ तारिखमा ओसाका र जनवरी १ मा नागोयामा सौहाद्रपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न गरेको छ भने आज २ तारिख टोकियोमा अन्तिम कार्यक्रम हुन गईरहेको छ ।

१ तारिख मंगलबार नागोयाको ओकाजाकीमा भएको साँगीतिक धमाका उत्साहजनक नेपालीहरुको उपस्थितिका बिच सम्पन्न भएको छ ।

कार्यक्रममा नेपालबाट आएका ख्यातिप्राप्त कलाकारहरु बिष्णु खत्री र टिका पुन, बसन्त थापा र जितु नेपालले उत्कृष्ट प्रस्तुतिहरु पस्केका थिए । उनीहरुलाई स्थानिय कलाकारहरुले पनि साथ दिएका थिए । बिष्णु खत्री र टिका पुनको लोक तथा दोहोरीको रौनकता, बसन्त थापाको लोकगुञ्जन अनि जिरेखुर्सानीका हास्यअभिनेता मुन्द्रेको चोटिला हास्यप्रस्तुतीमा नागोयाबासी नेपालीहरु झुमेका थिए । नागोया सहरमा यति ठूलो दर्शकहरुको उपस्थितिमा नेपाली साँगीतिक कार्यक्रम भएको पहिलोचोटी भएको स्थानिय दर्शकहरुको प्रतिक्रिया रह्यो ।

गल्कोट समाज जापानका अध्यक्ष मोहन खत्रीको सभापतित्वमा भएको सो कार्यक्रममा समाजका सल्लाहकार तथा एनआरएन आइसीसीका सदस्य रोविन्द श्रेष्ठ (गोविन्द) को प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि श्रेष्ठ र सभापति खत्रीले रिवन काटेर कार्यक्रमको संयुक्तरुपमा उदघाटन गर्नुभएको थियो भने गल्कोट समाज नागोया क्षेत्रिय समितिका अध्यक्ष दलबहादुर अधिकारीले स्वागत मन्तब्य दिनुभएको थियो । यसैगरी समाजका सचिव भवानी पन्तले सँस्थाको गतिविधि र कार्यक्रम आयोजना गर्नुको औचित्य लगायतका बिषयमा प्रकाश पार्दै नयाँ बर्षको शुभकामना दिनुभएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै श्रेष्ठले नयाँ बर्षको शुभकामनासहित आफ्ना विचारहरु राख्नुभएको थियो ।

पहिलोचरणको औपचारिक समारोहको समाजका सल्लाहकार बेलु थापाले सञ्चालन गर्नुभएको थियो भने साँगीतिक चरणको गल्कोट समाज जापान नागोया क्षेत्रिय कमिटीका सहसचिव राम थापा (राजविन) ले सञ्चालन गर्नुभएको थियो ।

आज टोकियो ईकेगामी स्थित ईकेगामी खाइकानमा गल्कोट धमाकाको अन्तिम कार्यक्रम हुँदै छ । उक्त कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईको प्रमुख आतिथ्यता रहने सचिव भवानी पन्तले बताउनुभएको छ । आजको कार्यक्रममा पनि जापानबासी नेपालीहरुको उत्साहजनक उपस्थिति रहने अपेक्षा गरिएको सचिव पन्तले बताउनुभएको छ । ***

SONY DSCSONY DSCSONY DSCSONY DSCgalkotVolunteer

 

 

 

SONY DSCSONY DSCSONY DSC

SONY DSC

SONY DSCSONY DSCSONY DSC

तपाईको प्रतिक्रिया