काठमाडौ– पर्यटन तथा नागरिक उड्ययन मन्त्री पोष्टबहादुर बोगटीले स्थीतिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्न नसक्ने घोषणा गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा मन्त्री बोगटीले भने–धेरै जटिलताहरु छन, यथास्थितिमा प्रोजेक्ट अगाडि बढ्न सक्दैन । त्यसकोलागी समस्या सुल्झाएर नयाँ प्रक्रिया सुरु गर्नु पर्छ ।
साक्षात्कारमा उनले सफ्ट लोन दिने चाईनीज बैंक र नेपालको खरिद ऐन विच तारतम्य नमिलेकोले यथास्थितिमा विमानस्थल निर्माण प्रक्रिया अगाडि नबनढेको भन्दै दुई विवाद मिलाएर छिट्टै नयाँ प्रक्रिया सुरु गरिने जानकारी दिए ।
उनले पोखरा विमानस्थल निर्माणकोलागी विवाद मिलाउन चाईनीज पक्षसँग बार्ता गर्न एक वार्ता टोली नै गठन भईसकेको जानकारी दिदै छलफल गरेर पुन निर्माण प्रक्रिया सुरु गर्ने बातावरणको निर्माण गरिने बताए । उनले भने–दुई देश विचको सम्बन्धको कुरा भएकोले बार्तागरेर सहमतिमा अगाडि बढ्नुको विकल्प छैन ।