Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024
काठमाडौं– विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको चित्र जुत्तामा प्रयोग गर्ने ‘अमेरिकी आइकन सु डिजाइन कम्पनीलाई’ नेपाल सरकारले एक पत्र पठाएपछि सो कम्पनीले उक्त चित्र  प्रयोग गर्ने कार्य बन्द गरेको छ ।
उक्त कार्यले नेपालका राष्ट्रिय विभूतिको अपमान गरेको भनी नेकपा (एमाले) उपत्यका समन्वय कमिटीले सरकारलाई त्यस्तो कार्य बन्द गराउन यही भदौ २१ गते पत्राचार गरेको थियो ।
परराष्ट्र मन्त्रालयले आज एमालेको सो कमिटीलाई बोधार्थ दिई सो कम्पनीले जुत्ताबाट बुद्धको चित्र  हटाउने कार्य गरेको नेकपा (एमाले) का महासचिवका निजी सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया