Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक २५, २०८१
Sunday, November 10, 2024
काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले कृषि क्षेत्रमा काम गरिरहेको अष्ट ज अभियानसँग मिलेर काम गर्न तयार रहेको बताएको छ ।
राजधानीमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का प्रमुख संरक्षक देवमान हिराचनले नेपालको अर्थतन्त्रलाई माथि उकास्नका लागि अष्ट ज अभियानसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उल्लेख गर्नुभयो ।
उहाँले आफू संसारको जुनसुकै कुनामा रहे पनि नेपाललाई विर्सन नसक्ने भन्दै नेपालमा विभिन्न नयाँ प्रविधि भित्र्याएर कृषि उत्पादन बढाउन पहल गर्ने बताउनुभयो ।
संसारभर पाइने प्राय सबै किसिमको हावापानी भएको नेपालका गाउँगाउँमा फलफूल, जडीबुटी, तरकारीलगायत वस्तुहरू उत्पादन गरी देशभित्र र बाहिर  ती वस्तुको मार्केट विस्तार गरिनेछ ।
सो अवसरमा अभियानका अध्यक्ष लोककृष्ण भट्टराईले नेपालका राजनितिज्ञमा कृषि मैत्री  संस्कृतिको विकास नभएको भन्दै नेपालमा कृषि मैत्री नीति बनाउन दबाब दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा अष्ट ज अभियानका कोषध्यक्ष चन्द्रा थापा, केन्द्रीय सदस्य पुष्कर केसीलगायतले नेपालको कृषि क्षेत्रको विकासका लागि प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
तपाईको प्रतिक्रिया