Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
काठमाडौं– एकीकृत नेकपा माओवादीका तीन केन्द्रीय सदस्यले सुदूरपश्चिमलाई उपेक्षा गरिएको भन्दै सामूहिक राजीनामा दिएका छन् ।
महाधिवेशन आयोजक केन्द्रीय समितिका सदस्यत्रय खगराज भट्ट, भीम कडायत र जगत पार्कीले ५४ सुत्रीय माग पेस गर्दै पदबाट राजीनामा दिएका हुन । कडायत अध्यक्ष प्रचण्ड र भट्ट उपाध्यक्ष डा. बाबुराम भट्टराई निकट हुन । पार्की उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट छन् ।
भट्टराई निकट ६५ जना राज्य समिति सदस्यले राजीनामा दिएको घटना सेलाउन नपाउँदै केन्द्रीय नेता नै राजीनामा गर्न थालेका छन् । उनीहरुले आफूहरुको माग सम्बोधन नभएसम्म पार्टी काममा नफर्कने समेत चेतावनी दिएका छन् । ***
तपाईको प्रतिक्रिया