Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक २६, २०८१
Monday, November 11, 2024

काठमाडौं – आर्थिक, सामाजिक, उद्यमशीलता र साक्षरता भन्ने अभिव्यक्तिलाई सार्थक पार्ने उद्देश्यले सहकारी महिलाहरुको राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ८० वटा सहकारी संस्थाका करिब १५० महिलाको सहभागिता रहेको उक्त राष्ट्रिय भेला लघु उद्यमबाट उत्पादित वस्तुको बजार विस्तारका सम्बन्धमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको हो ।

राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माले उदघाटन गर्नुभएको राष्ट्रिय भेलामा बजार व्यवस्थाको उपाय, अन्तर सहकारी व्यापार प्रवर्द्धन, गरिब समुदायमा महिला सशक्तीकरण र द्वन्द्वपीडित तथा विस्थापित महिलाहरुको जीवनस्तरमा सुधारका रणनीतिक धारणाका सम्बन्धमा प्रकाश पारिएको थियो ।

गत बर्षको मङ्सिर २५ गते स्थापना भएको महिला उद्यमी उपभोक्ता सहकारी संस्था लिमिटेडले आयोजना गरेको सो भेलामा सहअध्यक्ष शर्माले चुलोचौकाभन्दा माथि उठ्न महिलाहरुलाई अनुरोध गर्नुभयो ।

स्थापना कालको छोटै अवधिमा संस्थाले देशभरिका करिब ५५ हजार महिलालाई समेटेको बताउँदै महिला उद्यमी उपभोक्ता सहकारी संस्थाकी अध्यक्ष शान्ति गुरुङले भावी कार्ययोजना र महिला सशक्तीकरणका सम्बन्धमा आफ्नो धारणा राख्नुभएको थियो ।

संस्थाले देशभरि छरिएर रहेका महिला सहकारी संस्थाहरुको हकहित र संस्थागत विकासका लागि गरिबी निवारण कोष, युवा स्वरोजगार कोष र ग्रामीण स्वावलम्बन कोषजस्ता निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्ने सम्बन्धमा महिला सहकारी संस्थाहरुले गर्नुपर्ने कार्यका बारेमा पनि अध्यक्ष गुरुङले प्रकाश पार्नुभएको थियो । ***

तपाईको प्रतिक्रिया