टोकियो – नेपाल तामाङ समाज जापानले यही सेप्टेम्बर २३ तारिख आइतावारको दिन टोकियोको गोतान्दास्थित नेपाली रेष्टुरेन्ट मायामा डम्फु साँझ तथा भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल तामाङ समाज जापानले साँझ ६ बजेबाट ११ बजेसम्म पारिवारिक बातावरणमा आयोजना गर्न गैरहेको डम्फु साँझमा सम्पूर्ण जापानवासी तामाङ बन्धुलगायत नेपाल तामाङ समाज जापान र तामाङ जातीप्रति आस्था र माया गर्ने सम्पूर्ण नेपाली तथा जापानी मित्रहरुलाई हार्दिक आमन्त्रण गरेको छ।
डम्फू तामाङ जातिहरुको लोकबाजा टुङना, डोङमेन, ग्यालिङ, मुरली, डिल्बू, काङलिङ, भाटेमादल, पली, पिहुङ मध्य एक हो। नेपालको पूर्ब मेचीदेखी पश्चिम महाकाली, भुटान, भारतको असम, मिनिपुर, ईम्फाल, दार्जेलिङ र सिक्किमवासी तामाङ जातीहरुको कुनै पनि कार्यक्रमहरुमा डम्फूले बिषेश स्थान ओगोटेको पाहिन्छ।
तामाङ समाजमा विवाह, छेवर (व्रतबन्ध) देखि सामान्य जमघटमा डम्फु बजाएर सेलो गाउने र नाच्ने चलन छ। जब डम्फू बज्न थाल्छ तव तन्नेरीदेखि पाकासम्मका तामाङहरुलाई नाँच्न कसैले पनि कर गरिरहनु पर्देन। यसैले पनि होला सम्पूर्ण नेपालीहरुलाई तामाङ सेलोले मजबुतसँग आफ्नो पकडमा राख्न सकेको छ।
कार्यक्रम स्थल: माया रेष्टुरेन्ट गोतान्दा
मिति र समय: सेप्टेम्बर २३ तारिख, साँझ ६ बजेबाट ११ बजेसम्म
प्रवेश शुल्क: पुरुष ३५०० येन र महिला तथा विद्यार्थी ३००० येन
(१२ बर्षसम्मका वा प्राथमिक तहसम्मका बाल-बालिकालाई नि:शुल्क)
प्रवेश शुल्कले डिनर र पेय पदार्थलाई कबर गर्ने छ। (खाना तथा पेय पदार्थ Unlimited हुने छ ।
थप जानकारीको लागी:
रेखव्लोन तामाङ : ०८०-५६५८-५६४६
सुकुमान थिङ तामाङ : ०९०-६४७०-४४९२
हवलचन्द्र बोम्जन तामाङ : ०८०-३२१६-५४६६
मंगल स्याङबो तामाङ : ०८०-३०८५-००९८
कुमार मोक्तन तामाङ : ०८०-३४२२-६५८०
तारा गोले तामाङ : ०८०-३४७५-४६६४
संजिव स्याङदन तामाङ : ०८०-३५१८-९९०२