Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024
दोलखा- ऋषिपञ्चमीको अवसरमा परिवारसहित नुहाउन गएकी दोलखाको भीमेश्वर नगरपालिका-६ की एक किशोरी तामाकोसी नदीमा बेपत्ता भएकी छिन् ।
भीमेश्वर नगरपालिका-६ धरमघर निवासी नवराज कार्कीको १६ वर्षीय छोरी तारादेवी कार्की बेपत्ता भएकी हुन् । आज बिहान करिब १० बजे तामाकोसी नदी र चणर्ावती खोलाको दोभानमा नुहाउने क्रममा उनलाई नदीले बगाएको तामाकोसी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक भरत रावतले जानकारी दिनुभयो ।
बेपत्ता तारादेवीको प्रहरी, आफन्त र स्थानीयवासीको सक्रियतामा खोजी कार्य जारी रहे पनि अपराहृनसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।
भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषिपञ्चमी पर्वमा व्रतालु हिन्दु महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाइ ३६५ वटा दतिवनले दाँत माझेर चोखो माटो, तिल र गोबर लगाई स्नान गर्ने प्रचलन छ ।
तपाईको प्रतिक्रिया