Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024
काठमाडौं-एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटाले नयाँ बन्ने सहमतिको सरकारको नेतृत्वकोलागी आफूहरुले पनि दावी गर्ने घोषणा गरेका छन् ।
उनले विगतका सहमतिका आधार भत्किएकोले काँग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्छ नै भनेर ग्यारेन्टी गर्न नसक्ने स्पष्ट पारे । यद्यपि उनले अहिलेकै अवस्थामा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने नेतृत्वको लागी दावी नगर्ने स्पष्ट पारे ।
उनले भने-मुलुक पाँच बुँदे सहमति अनुसार नगएकाले काँग्रेसकै नेतृत्वमा सरकार बन्छ भन्ने ग्यारेन्टी छैन । बाबुरामजीलाई काँग्रेसले नमान्ने अनि काँग्रेसका रामचन्द्र र शेरबहादुरजीलाई हामीले किन मान्ने कुनै बाध्यता छैन । पहिलाको सहमतिको आधार भत्किसक्यो अब, माओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चा जसले पनि नेतृत्व लिन सक्छ ।
चार दलले तयार पार्ने सहमतिकेा दस्तावेजमा सबै दलहरुले छलफल गरेर राष्ट्रपति मार्फत बाधाअडकाउ फुकाउन लगाएर निर्वाचनमा जानु पर्ने धारणा राखे ।
नयाँ निर्वाचित जनप्रतिनिधीहरुले संविधानका बाँकी रहेका विवादित विषयमा छलफल गरेर संविधान जारी गर्नु पर्ने भन्दै विघठित संविधानसभाले गरेका छलफल र तयार पारेको दस्तावेजहरु महत्वपूर्ण सम्पत्ती भएको बताए ।
तपाईको प्रतिक्रिया