Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २८, २०८१
Wednesday, November 13, 2024

टोकियो – ओसाका क्षेत्रमा रहेका नेपालीहरुले एकैथलोमा भेला भई सोमबार हरितालिका तीज रमाईलो वातावरणमा मनाएको समाचार प्राप्त भएको छ ।

बिगतका बर्षहरुमा झैं यस बर्ष पनि ओसाकाका सफल ब्यवसायी एवं समाजसेवी तुल्सीराम खरेललगायतका सक्रिय नेपालीहरुको पहलमा गत सोमबार ओसाकामा तीज कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा चेलीबेटीहरुलाई दरको ब्यवस्था गरिनुका साथै नेपालकै झझल्को मेटाउनेगरी तीज बिशेष साँगीतिक मनोरञ्जन गरी तीज मनाईएको हो ।

आपसमा हरितालिका तीजको शुभकामना आदान प्रदान गर्नुका साथै प्रवासमा माईतीको घरआँगनको सम्झना गर्दै चेलीबेटीहरुले तीजका भाकामा नाचगान गरेर भरपुर मनोरञ्जन लिएर तीज मनाएका हुन् ।

तीजको मौलिक सँस्कृतिलाई उजागर गर्दै आपसी सामाजिक सद्भाव कायम राख्न यस्ता सामाजिक तथा साँस्कृतिक पर्वहरुको बिदेशमा अझ महत्व हुने उनीहरुले बताए ।

तीजको उपलक्ष्यमा समस्त महिला दिदिबहिनीहरुलाई हार्दिक शुभकामना ब्यक्त गर्दै तीजको बेलामा बिदेशको न्यास्रोपन मेटाउन र प्रवासमै भएपनि आफ्नोपनको संबर्द्धन गर्न यसप्रकारका कार्यक्रमहरु आयोजना गरिदै आएको आयोजकहरु बताएका छन् ।

तपाईको प्रतिक्रिया