काठमाडौं–पूर्वराजा ज्ञानेन्द्र शाहले असोज ४ गते देखि गण्डकी र धौलागिरी अञ्चलका विभिन्न धार्मिकस्थलको १० दिने भ्रमण गर्ने भएका छन्।
स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले गोरखा, लमजुङ, तनहुँ र स्याङ्जाको भ्रमण गर्नेछन् । उनले ती जिल्लास्थित धार्मिक मठमन्दिरको दर्शन तथा पूजा–अर्चना गर्नेछन् । निर्मलनिवास स्रोतले उनको भ्रमणलाई नितान्त धार्मिक भएको जनाएको छ । उनले सर्वसाधारणसित भेटघाट पनि गर्नेछन् ।
उनको स्वागतका लागि तत्कालीन राजपरिषद सदस्य गणेशबहादुर गुरुङको संयोजकत्वमा १ हजार २ सय ८० सदस्यीय स्वागत समिति गठन गरिएको छ। उनले भ्रमण गर्ने कास्की, म्याग्दी, पर्वत, बाग्लुङ, तनहुँ र स्याङ्जामा जिल्लास्तरीय समिति बनाइएको छ।