Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024
न्यूयोर्क- एप्पल कम्पनीले सोमबार गत २४ घण्टामा नयाँ आईफोन–५ का लागि २० लाख खरिद आदेश प्राप्त भएको र हाल बजारमा नयाँ उत्पादनको निकै माग भएका कारण यी खरिद आदेश प्रायः अक्टोबर महिनासम्म धकेलिनसक्ने जानकारी दिएको छ ।
एप्पलको विश्वव्यापी बजारीकरणका लागि वरिष्ठ उपाध्यक्ष फिलिप सिलरले आईफोन–५ ले यसअघि आईफोन–४ एसले राखेको खरिद आदेशको कीर्तिमान तोडेको बताउनुभयो ।
एप्पलले गत बुधबार नयाँ स्मार्टफोन बजारमा ल्याएको हो र उसले शुक्रबार पूर्व खरिद आदेश खुला गरेको थियो । यस उत्पादनका लागि अमेरिकी तथा अन्य मुलुकका ग्राहकले सेप्टेम्बरमा आफ्नो उपकरण प्राप्त गर्ने बताइएको छ । अरुले केही समय कुर्नुपर्ने पनि यस कम्पनीले उल्लेख गरेको छ ।
एप्पलले हाल मागले प्रारम्भिक आपूर्तिलाई उछिनेकाले सेप्टेम्बरसम्म पूर्व माग आदेश गर्ने बहुसङ्ख्यक ग्राहकलाई सेप्टेम्बर २१ सम्म र अन्यलाई अक्टोबरमा आईफोन–५ उपलब्ध गराउने उल्लेख गरेको छ ।
तपाईको प्रतिक्रिया