Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024
काठमाडौं- ‘अन्तिम पटक’ भन्दै राष्ट्रपति रामवरण यादवले आइतबार बिहान चार दलका शीर्ष नेताहरुलाई बोलाएका छन् ।
राष्ट्रपतिसँग छलफल गर्न शीर्ष नेता बिहान ९ बजे नै शीतल निवास पुगेका छन् ।
राजनीतिक सहमति नजुटेपछि आक्रोसित राष्ट्रपतिले छलफलका लागि एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरुलाई बोलाएका छन् । बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराई भने सहभागी हुने छैनन् ।
दलहरुबीच संविधानका केही विवादित विषयमा सहमति नहुँदा चार वर्षे संविधानसभा गत जेठ १४ गते विघटन भएको थियो । भेटमा राष्ट्रपतिले अहिलेसम्म भएका प्रगतिबारे नेताहरुलाई सोध्नेछन् ।
पटक पटक आग्रह गर्दा पनि सहमति नगरेपछि राष्ट्रपतिले मिति तोकेरै सहमतिको आग्रह गर्ने बुझिएको छ ।
तपाईको प्रतिक्रिया