काठमाडौं- नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै नयाँ उचाइमा पुगी रेकर्ड कायम भएको छ। सुनचाँदीको मूल्य निरन्तर बढ्दो क्रम जारी रहेको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ।
छापावाल सुनको मूल्य हिजोको तुलनामा आज प्रतितोला रु ६९९ ले वृद्धि भई रु ६१ हजार ७६० कायम भएको छ। हिजो छापावाल सुनको मूल्य रु ६१ हजार ६१ कायम रहेको सङ्घले जनाएको छ।यसैगरी चाँदीको मूल्य हिजोको तुलनामा आज प्रतितोला रु १५ वृद्धि भई रु एक हजार २१५ कायम भएको छ। हिजो चाँदीको मूल्य स्थानीय बजारमा रु एक हजार २०० थियो।