फ्रेन्च म्यागेजिन ‘क्लोजर’ले शुक्रबार केटको ‘टपलेस’ तस्बिर छापेपछि पूरै बेलायतमा हंगामा मच्चिएको छ ।
राजकुमार हृयारीको नांगो तस्बिर सार्वजनिक भएको केही समयपछि नै युवराज्ञी केट मिडलटनको ‘टपलेस’ तस्बिर
सार्वजनिक भएको हो ।
एजेन्सीहरुले जनाएअनुसार उक्त तस्बिर बेलायती महारानीका भतिजा लर्ड लिनलेको फ्रान्सस्थित महलमा छुट्टी मनाउनेक्रममा खिचिएको हो । म्यागेजिनमा राजकुमार विलियम र केटको तस्बिर चार पेजमा समेटिएको छ । कुनै तस्बिरम केट पूरै टपलेस छिन् ।