काठमाडौं– सामाजिक संजाल फेसबुक मन नपराउने को चाँही होला ? अधिकांशको फेसबुक आईडी छ । फेसबुक चलाउँछन् ।
यसैको लोभमा फिल्म बनाएका निर्माता सुनिलकुमार थापालाई भने फेसबुकले रुवाएको छ । दक्षिण कोरियामा राम्रै चलेको फेसबुक नेपालका हलहरुमा चल्न सकेनन् । त्यसैले मिडियामा टिप्पणीहरु आउँछन्, फेसबुकका फ्रेन्ड भएनन्, लाइक गरिएन….आदि आदि ।
फिल्म फेसबुकले राम्रो व्यापार गरेन । निर्देशक थापा पनि निराश भएका छन् । राजधानीमा भव्य पार्टी गरी हल पठाएको फिल्मले लगानी उठाउन नसक्ने भएको छ । ***