Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024
दाङ – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले तत्काल दलहरु विच राजनीतिक सहमति हुने सम्भावना नरहेको बताएका छन्।
प्रेस चौतारी नेपालले आज दाङको घोराहीमा गरेको पत्रकार सम्मेलनमा उनले माओवादीमा सत्ताकेन्द्रित सोंचमात्रै हावी भएको बताए ।
देशलाई चलाउने चावी नेपाली जनतासँगै भएपनि विभिन्न शक्तीहरुले ‘चोर’ चावी बनाएर देश चलाउने प्रयास गरिरहेको उनले बताए । वर्तमान सरकारले पनि चावी अन्यत्रै भएको स्वीकार गरिसकेकाले एमालेलाई पनि त्यसप्रति शंका लागेको अध्यक्ष खनालले बताए ।
‘प्रचण्ड को बोली उरुवा बोली हो । त्यो बोलीको विश्वास हुँदैन। भर्खर बसेको चरो कराउला भनेर आश गर्यो भुर्रर उडेर जान्छ ।
एमालेको ११ औं जिल्ला अधिवेशनमा सहभागी हुन खनाल मंगलबार राति घोराही आइ पुगेका हुन् ।
तपाईको प्रतिक्रिया