Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २८, २०८१
Wednesday, November 13, 2024
नेकपा (एमाले) का सचिव शंकर पोख्रेलको राजनीतिक व्यक्तित्व प्रायस् सबैलाई थाहा छ । तर, यिनको व्यक्तिगत स्वभावचाहिँ कस्तो होला रु अनि, एउटा पति र बाबुका रूपमा यिनको पारिवारिक भूमिका कस्तो होला रु राजनीतिक मञ्चहरूमा अविरल भाषण गर्ने खुबी भएका यी राजनीतिज्ञ व्यक्तिगत रूपमा चाहिँ एकदमै कम बोल्न रुचाउँदा रहेछन् । यसै भन्छिन् उनकी पत्नी सुजिता शाक्य स्
हाम्रो बिहे भएको १५ वर्ष भयो । हामीबीच अहिलेका केटाकेटीको जस्तो ‘लभ’ परेको होइन । साथीहरूका माध्यमबाट चिनजान बढ्यो । एकअर्काका बारेमा बुझ्यौँ । मन पर्‍यो । अन्तरजातीय सम्बन्ध भए पनि हामीबीच पारिवारिक सहमतिमै बिहे भएको हो । यो अवधिसम्म मैले पतिका रूपमा उहाँमा कम्प्लेन गर्नुपर्ने कुनै ठाउँ भेटेकी छैन ।
निकै सरल स्वभावको हुनुहुन्छ । कम बोल्नुहुन्छ । जति बोल्नुहुन्छ, सन्तुलन मिलाएर बोल्नुहुन्छ । तडकभडक मन पराउनुहुन्न । कति आफन्त तथा कार्यकर्ताले उहाँको सधैँभरिको यो गम्भीर स्वभावप्रति कमेन्ट पनि गर्छन् । तर, मलाई चाहिँ उहाँको यही बानी राम्रो लाग्छ । धैर्य गर्नुहुन्छ । दुस्ख पर्दा आत्तिइहाल्ने अनि सफलता हात पर्दा मात्तिइहाल्ने गर्नुहुन्न । सधैँभरि सामान्य मानसिकतामा देखिनुहुन्छ ।
बोलीचाली मात्रै होइन, खानामा पनि एकदमै सजिलो हुनुहुन्छ । कहिल्यै खोट लगाउनुहुन्न । करेलाको तरकारी उहाँको बेस्ट हो । तर, यही नै चाहिन्छ भनेर रोजीछाडी पनि गर्नुहुन्न । घरमा कोल्ड ड्रिंक्सबाहेक हार्डड्रिंक्स गर्ने बानी छैन । मासु एकदमै कम रुचाउनुहुन्छ । नेवार संस्कृतिमा हुर्किएकाले बरु मैले माइतीमा सगुनका रूपमा रक्सी लैजानुपर्छ, तिहारका बेला । हाम्रो परिवारमा हार्डड्रिंक्स प्रयोग हुने भनेको त्यत्ति नै हो ।
श्रीमान् राजनीतिमा लागेपछि परिवारलाई समय दिन सक्दैनन्, त्यसैले विवाद उत्पन्न हुन्छ भन्थे साथीहरू । तर, मलाई कहिल्यै त्यस्तो अनुभूति भएको छैन । उहाँको दायित्व र व्यस्तता बुझ्छु, त्यसैले उहाँले यथेष्ट समय दिन सक्नुभएन भने पनि नरमाइलो लाग्दैन । त्यसो त म आफैँ राजनीतिक कार्यकर्ता भएकाले पनि हुनसक्छ । अनेम संघमा छु ।
बिहान उठेपछि म भान्छामा व्यस्त हुन्छु, उहाँ आफ्ना व्यक्तिगत काममा । प्रायस् बिहान दुवैजना सँगै घरबाट निस्किन्छौँ । दिनभर आ–आफ्नो व्यस्ततामा रहन्छौँ । व्यस्तताकै बीच एकअर्कासँग निकै खुसी छौँ । अहिलेसम्म हाम्रो झगडा भएको छैन । कहिलेकाहीँ सम्झन खोज्छु तर मनमुटाव भएको क्षण स्मृतिमै छैन ।
बाहिरबाट विश्लेषण गर्नेहरूले कम बोल्ने, धेरै फुर्ती नदेखाउने स्वभाव भएकाले उहाँलाई अव्यावहारिक पनि सोच्लान् । तर, मेरा लागि उहाँ निकै व्यावहारिक श्रीमान् हुनुुहुन्छ । सामान्य लाग्ने तर महत्त्वपूर्ण काममा उहाँ मलाई सघाउनुहुन्छ । परिवारको निकै हेरचाह गर्नुहुन्छ । हाम्रा दुईटी छोरी छन् ।
यी दुवै छोरी जन्मिँदा मैले उति धेरै काम गर्नुपरेन । फोहोर भएका कपडा धुनदेखि भान्छाको काममा समेत आफैँ ध्यान दिनुहुन्थ्यो, मलाई कुनै दुस्ख थिएन । छोरीहरूको स्याहारमा मभन्दा बढी चासो उहाँ नै राख्नुहुन्छ । सरसफाइदेखि उनीहरूलाई आवश्यक सामग्रीसम्मको व्यवस्थापनमा आफैँ लाग्नुहुन्छ । छोरीहरूका रुचि, चाहना र आवश्यकता मलाई भन्दा बढी उहाँलाई थाहा हुन्छ ।
उहाँले लगाउने कपडाचाहिँ प्रायस् म नै किनिदिन्छु । कहिलेकाहीँ दुवैजना सँगै बजार जान्छौँ । उहाँलाई कटनका सफ्टखाले कपडा बढी मन पर्छन् । म पनि त्यस्तै छानेर किनिदिन्छु । तर, ल्याइदिइसकेपछि जस्तो भए पनि यस्तो र त्यस्तो भनेर नाक खुम्च्याउनुहुन्न ।
म शाक्य परिवारकी अनि उहाँ ब्राह्मण । बाहिरबाट देख्नेले फरक जात अनि फरक संस्कारका कारण चाडबाड मनाउने क्रममा अप्ठ्यारो आउला भन्ने सोच्दा हुन् । तर, हाम्रो परिवारमा त्यस्तो कहिल्यै भएको छैन । दुवैजना राजनीतिमा सक्रिय भएकाले होला, कुनै पनि चाडबाड तडकभडक गरेर मनाउँदैनौँ । त्यस्तो रहर पनि लाग्दैन । उहाँलाई पनि यस्ता कुरामा रुची छैन । तर, कहिलेकाहीँ आफन्त, इष्टमित्र बोलाएर खुवाउने गर्छु ।
कहिलेकाहीँ मलाई श्रीमान्–श्रीमती नै मिलेर माइत जाउँजस्तो लाग्छ । तर, उहाँ आफ्नै पाराको हुनुहुन्छ । ससुराली जानचाहिँ पटक्कै रुचि देखाउनुहुन्न । सकेसम्म टार्न खोज्नुहुन्छ । त्यस्तो बेलामा मलाई अलिअलि रिस पनि उठ्छ ।
तपाईको प्रतिक्रिया