Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक २५, २०८१
Sunday, November 10, 2024
नयाँ दिल्ली– भारतमा अनलाइन टेक्स्ट सन्देशमार्फत चेतावनी प्राप्त भएपछि दक्षिणी नगरबाट आप्रवासी आमरूपमा पलायन हुँदा प्रधानमन्त्री मनमोनहन सिंहले शनिबार जातीय तनाव बढाउन सामाजिक सञ्जालको प्रयोगप्रति चेतावनी दिनुभएको छ ।
नयाँ दिल्लीमा वरिष्ठ प्रहरी अधिकृतहरूको सम्मेलनमा प्रधानमन्त्री सिंहले जातीय परिस्थिति बिगार्न सामाजिक सञ्जालको प्रयोग नयाँ चुनौती भएको बताउनुभयो ।
उहाँले यो सञ्जाललाई अपराधीहरूले कसरी उपयोग गर्छन भन्ने कुरालाई बुझ्नु र यी नयाँ उपायबाट फैलने खराब सन्देशलाई कसरी असफल बनाउने भन्ने सम्बन्धमा रणनीति तयार गर्नु आवश्यक भएको बताउनुभयो ।
गत महिना भारतको उच्च प्रविधियुक्त केन्द्र बङ्गलौर तथा अन्य दक्षिणी नगरबाट हजारौं आप्रवासी कामदार तथा विद्यार्थी घर फर्केका थिए ।
भारतको आसाम राज्यको दूर्गम क्षेत्रमा मुसलमान तथा आदिवासीबीच घातक सङ्घर्षपछि मुसलमान समुदायले यी नगरमा आक्रमण गर्ने लक्ष्य बनाएको चेतावनीयुक्त सन्देश तथा भिडियो फैलिएपछि यी कामदार तथा विद्यार्थी घर फर्केका थिए ।
यसपछि सरकारले ठूलो सङ्ख्यामा सन्देश पठाउने काममा प्रतिबन्ध लगाएको थियो र यो प्रतिबन्ध अगस्त महिनामै अन्त्य भएको थियो ।
आसाममा बोडो आदिवासी तथा मुसलमान समुदायबीच भएको सङ्घर्षका कारण ९० व्यक्तिको मृत्यु भएको थियो भने करिब चार लाख नागरिक शरणार्थी बनेका थिए । ***
तपाईको प्रतिक्रिया