काठमाडौं- नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत पिटर विलियम बोडे शनिबार काठमाडौं आइपुगेका छन्। अमेरिकाले माओवादीलाई आतंककारी सूचिबाट हटाए लगत्तै शनिबार दिउँसो बोडे काठमाडौं आएका हुन् ।
काठमाडौं दूताबासमा काम गरिसकेका बोडेलाई अमेरिकी सिनेटले गत असार महिनामा नेपालका लागि राजदूतको रुपमा अनुमोदन गरेको थियो। इरानको संक्रमणकालीन मिसनका उपप्रमुख रहेका बेला उनलाई राष्ट्रपति बाराक ओबामाले नेपालका लागि राजदूतमा मनोनित गरेका थिए।
उनी सन् १९८१ देखि अमेरिकी परराष्ट्र सेवामा प्रवेश गरेका बोडेले मलवी, पाकिस्तान, जर्मनीलगायतका कुटनीतिक मिसनहरुका काम गरिसकेका छन्। छिमेकी मुलुक भारतमा रहेर काम गरेको अनुभव पनि बोडेसँग छ।