Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024
काठमाडौं –  एनेकपा (माओवादी)का लडाकुहरूको समायोजन प्रक्रिया बिहीबारदेखि सुरु हुँदै छ ।
सेना समायोजन विशेष समितिको यही भदौ ११ गते बसेको बैठकले अवरुद्ध लडाकु छनोट प्रक्रियालाई भदौ २१ गतेदेखि अगाडि बढाउने निर्णय गरेको हो ।
पछिल्लोपटक भएको छनोट प्रक्रियामा योग्य ठहरिएका तीनहजार १२३ जना लडाकुले समायोजन प्रक्रियामा भाग लिनेछन् । मुख्य शिविर रहेका झापा, सिन्धुली, चितवन, नवलपरासी, रोल्पा, सुर्खेत र धनगढीमा समायोजन प्रक्रिया थालिने भएको हो ।
समायोजन प्रक्रियामा देखिएका सबै विवाद अन्त्य भइसकेकाले सेना समायोजन प्रक्रिया सुरु गर्न सबै मुख्य शिविरहरूमा समितिका ६ र नेपाली सेनाका ६/७ जनाको टोली भदौ २१ बिहानै पुगिसक्ने र छनोट प्रक्रियालाई अगाडि बढाउने तयारी पूरा भएको समितिका संयोजक बालानन्द शर्माले जानकारी दिनुभयो ।
उहाँले लडाकुको जन्ममितिको विवादलाई नागरिकतामा उल्लेख भएको जन्ममितिलाई आधार मानिने र १८ वर्ष पुगेकै मितिलाई सेवा प्रवेशको आधार बनाइने, छनोट प्रक्रिया अगाडि बढाइएपछि महानिर्देशनालय गठनबारेको प्रक्रियालाई छनोट भएको सङ्ख्याको आधारमा निर्णय लिइने र यकिन भएको सङ्ख्यालाई ३५ प्रतिशत कायम गर्ने र बाँकी अन्य सुरक्षा निकायबाट समावेश गरी संयन्त्र निर्माण गरिने बताउनुभयो ।
जुन मितिमा लडाकुहरू १८ वर्ष पुग्छन् त्यही मितिलाई आधार मानेर सेवा अवधि गणना गरिने जानकारी दिँदै संयोजक शर्माले समायोजन प्रक्रिया सकिएलगत्तै स्वेच्छिक अवकाशमा जानेहरूको दोस्रो किस्तावापतको रकम पनि उपलब्ध गराइने बताउनुभयो ।
समायोजनको प्रक्रिया सुरु हुनासाथ लडाकुहरूको मागअनुसार ४५ दिन बिदा दिने व्यवस्था लागू गरिने र सो समयावधिको भत्तासमेत उपलब्ध गराइने जानकारी उहाँले दिनुभयो । नेपाली सेनाले बनाएको योजनाअनुसार एक महिनाभित्र समायोजन प्रक्रिया सम्पन्न हुनेछ ।
तपाईको प्रतिक्रिया