काठमाडौं- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संसद् पुनस्थापना गर्ने एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव अस्वीकार गरेका छन् ।
कोइराला निवास महाराजगञ्जमा बुधबार भएको भेटमा दाहालले संकट निकासका लागि संसद् पुनस्थापनाको प्रस्ताव राखेका थिए । ‘उहाँले संसद पुनःस्थापना गरेर जाउँ भन्नुभयो,’कोइरालाले सञ्चारकर्मीसँग भने ‘राष्ट्रिय सहमति निर्माणपछि मात्र अन्य विकल्पहरु बारे सोच्न सकिने छ ।’
कांग्रेस आफ्नो पूर्व अडानमा स्पष्ट रहेको भन्दै कोइरालाले राष्ट्रिय सरकारको गठनपछि मात्र अन्य विषयमा सहमति हुन सक्ने बताए । उनले संघीयताका विषयमा नमिलेको विषयमा पनि सहमति हुनुपर्ने उल्लेख गरे । ***