Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

टोकियो – मुलुकमा राजनीतिक संकट गहिरिदैं गएको र सहमतिका लागि भन्दै ठूला दलका जिम्मेवार नेताहरुद्वारा प्रयास जारी रहेकै बेला जापानमा रहेका नेपालीबिच पनि मुलुकको राजनैतिक संकट मोचनका लागि प्रवासबाट खेल्न सकिने भूमिकाका सम्बन्धमा गहन छलफल र बिचार बिमर्श गरिएको छ ।

“मुलुकको राजनैतिक गतिरोध अन्त्यका लागि प्रवासी नेपालीको भूमिका” बिषयक आइतवार टोकियोमा भएको बहसमा जापानमा रहेका राजनैतिक दलका भात्तृसँस्थाका प्रतिनिधि, सञ्चारकर्मी, ब्यवसायी लगायतका जिम्मेवार ब्यक्तित्वहरुको उपस्थिति र बहसमा सहभागिता रहेको थियो ।

कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको जापानस्थित भात्तृसँस्था प्रवासी नेपाली संगठन (ओनो) जापानले आयोजना गरेको गोलमेच बहसमा जापानमा रहेका नेपालीहरुले मुलुकको राजनैतिक गतिरोध अन्त्य गर्नका निम्ति संभावित प्रयासहरु थालिनुपर्ने, सो का लागि बेलाबेलामा आवश्यक छलफल र बहसहरु चलाईनुपर्ने र छलफलबाट निस्केका निक्र्यौलहरुबाट मुलुकका जिम्मेवार दल तथा नेताहरुको ध्यानाकर्षण गराईनुपर्नेमा जोड दिईयो ।

नेपाली जनप्रगतिशील मोर्चा जापानका उपाध्यक्ष हवलचन्द्र लामा, नेपाली लोकतान्त्रिक मञ्च जापानका उपाध्यक्ष मोहन रायमाझी, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, गुल्मेली समाज जापानका अध्यक्ष शालिकराम भण्डारी, राप्रपा नेपालका केन्द्रिय सदस्य तथा बिदेश बिभाग प्रमुख कलेन्द्रविक्रम शाही लगायतका ब्यक्तिहरुले सो बहसमा आ-आफ्ना धारणा राख्नुभएको थियो ।

ओनो जापानका अध्यक्ष रघुदीप खड्काको सभापतित्वमा भएको सो गोलमेच बहसमा देशमा संबिधान बिना संबिधान सभा भंग भएको अवस्थाबाट उत्पन्न थप राजनैतिक अस्थिरता र अन्यौलताप्रति गहिरो चिन्ता र चासो ब्यक्त गरियो । बिदेशमा रहेका नेपालीहरुले शान्ति र संबिधानका लागि नेपालका जिम्मेवार दल र तिनका नेताहरुलाई दबाब दिनुपर्ने र आवश्यक खबरदारी गर्नुपर्नेमा जोड दिईएको थियो ।

देशको राजनैतिक अस्थिरता एवं गतिरोधप्रति चिन्ता र चासो राख्दै यसका अन्त्यका लागि प्रवासबाट निर्वाह गर्न सकिने भूमिकाका सम्बन्धमा राजनैतिक संगठनहरुबिच बहस र छलफलको आवश्यकता महशुस भईरहेको बेला ओनो जापानले गोलमेल बहसको आयोजना गरेकोमा सहभागिहरुले सह्रानीय कार्यको थालनी भएको टिप्पणी गरेका थिए ।

ओनो जापानले जापानमा रहेका नेपालीहरुबिच राजनैतिक चिन्तन र आवश्यक चेतना अभिबृद्धि गर्न समय समयमा समसामयिक एवं जल्दाबल्दा राजनैतिक बिषयहरुमा बहस कार्यक्रमको आयोजना गर्दै जाने नीतिअनुसार गोलमेच बहसको थालनी गरेको ओनोका अध्यक्ष खड्काले बताउनुभयो ।

मुलुकबाहिर बसेर पनि देशको बिकास र राजनैतिक परिबर्तन गरेका बिश्वका थुप्रै देशका उदाहरणहरुबाट पाठ सिक्दै हामीले पनि आवश्यक छलफल र बहस गर्दै एउटा प्रेसर ग्रुपकोरुपमा काम गर्न सकिने प्रमुख अतिथि राप्रपा नेपालका केन्द्रिय सदस्य एवं बिदेश बिभाग प्रमुख कलेन्द्रविक्रम शाहीले बताउनुभयो । ओनोका सल्लाहकारसमेत रहनुभएका शाहीले नेपालको आर्थिक बिकासका लागि पर्यटन सबैभन्दा उपयुक्त क्षेत्र हुन सक्ने बताउँदै चीन र भारतजस्ता दई ठूला छिमेकी राष्ट्रका जनसँख्यालाई ध्यानमा राखेर नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने खालको नीति लागु गरिनुपर्ने बताउनुभयो । गोलमेच बहस ओमोरीस्थित बैंकर्टहलमा भएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया