Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024
बुटवल– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सभापति सुशील कोइरालालाई गाली गर्ने बरिष्ठ नेता शेरबहादुर देउवाविरुद्ध केन्द्रीय समितिमा उजुरी दिने भएकी छन् ।
नेपाल प्रेस युनियन रुपन्देहीले आइतबार बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले यस्तो खुलासा गरेकी हुन् । सभापतिका विरुद्ध गतिविधि गर्दै एक्लै हिँडेर पार्टीलाई केही असर नपर्ने बताउँदै उनले पार्टीले देउवासँग स्पष्टीकरण सोध्ने चेतावनी दिइन् ।
बहुमतको निर्णय सबैले मान्नुपर्नेमा वरिष्ठ नेता देउवाले सभापतिलाई गाली गर्दै हिँडेको आरोप लगाउँदै पटकपटक प्रधानमन्त्री भएको व्यक्तिले यस्तो गर्नु पार्टीका लागि राम्रो नहुने बताइन् ।
कोइरालाले नेतृत्वमा सरकार बन्ने अवस्था आए पार्टीमा प्रधानमन्त्रीको उम्मेदवार प्रजातान्त्रिक प्रक्रियाबाट चयन हुने बताइन् । प्रजातान्त्रिक पार्टीमा विभिन्न विचार रहनु स्वाभाविकै भएको र  विवाद सामान्य भएको उनको भनाइ छ ।
‘नेपाली कांगे्रसले सबैलाई सहमतिमा ल्याएर समस्याको समाधान गर्ने छ ।  नयाँ संविधान जारी गर्न संविधानसभाको पुनःस्थापना वा नयाँ निर्वाचन भन्ने विकल्पका विषयमा दलबीच छलफल भइरहेको छ,’ उनले भनिन्, ‘कांग्रेसको नेतृत्वमा सरकार गठन भएपछि संसद् पुनःस्थापना गरेर विवादित विषय टुङ्गो लगाई संसद्बाट अनुमोदन गर्नुपर्छ ।’
तपाईको प्रतिक्रिया