लन्डन – रोमानियाकी एक २३ वर्षकी युवती हजुरआमा बनेकी छिन्। दुई बच्चाकी आमा रिफ्का स्टानेस्कुको पहिलो पटक आमा बन्दा उनको उमेर १२ वर्षको मात्रै थियो।
उनले आफ्नी छोरी मारियालाई आफू जस्तै नबन्न सिकाए पनि मारियाले ११ वर्षकै उमेरमा बच्चा जन्माइन्।
रिफ्काले गहना बिक्रेता लोनेल स्टानेस्कुसित उनी ११ र पति १३ वर्षको हुँदा बिहे गरेकी थिइन्। आफूलाई अर्कै केटासँग बिहे गर्न लागेको थाहा पाएपछि रिफ्काले भागेर बिहे गरेकी थिइन्।
उनकी छोरी भने उनीभन्दा अघि १० वर्षकै उमेरमा बिहे गर्न पुगिन्।