काठमाडौं– पिसाव नलीमा रहेको पत्थरीको सफल शल्यक्रियापछि स्वास्थ्य अवस्था सामान्य भएकाले एमाले अध्यक्ष झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भई आफ्नै निवास डल्लु फर्कनु भएको छ ।
पत्थरीको शल्यक्रियाका लागि शनिबार बिहान अल्का अस्पताल जाउलाखेलमा भर्ना हुनुभएका अध्यक्ष खनालको शल्यक्रिया सफल भएपछि साँझ डिस्चार्ज गरिएको छ । बिहान युरोसर्जन सुमन शर्मा, राजेश बटाजुु तथा भारतको एपोलो अस्पतालका युरो सर्जन असुमान अग्रवाल सहितको चिकित्सकको टोलीले अध्यक्ष खनालको शल्यक्रिया लेजर प्रविधिबाट सफलतापुर्वक गरेको उहाँका स्वकिय सचिव रामबाबु अधिकारीले जानकारी दिनुभयो ।
चिकित्सकहरुले केहि दिन आराम गर्न, प्रशस्त पानी पिउन, एक हप्ता पछि पुन पिसाव जाँच गर्न अध्यक्ष खनाललाई सल्लाह दिएका छन् ।